भारतीय प्रधानमन्त्री मोदीद्धारा भुटानमा जलविद्युत आयोजनाको उद्घाटन

तस्बिरः एजेन्सी

हाइड्रो पावर प्रोजेक्टलगायत ९ वटा क्षेत्रमा भारत र भुटानबीच सम्झौता भएको छ।

शनिबार भुटानको दुई दिने भ्रमणमा निस्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षी डा. लोचे सेरिङसँग हाइड्रो, नलेज नेटवर्क, मल्टी स्पेशलिष्ट अस्पताल, स्पेश सेटेलाइट, रूपे कार्डलगायतको समझौंतामा हस्ताक्षर गरे।

मोदीले मेङदेछु जलबिद्युत आयोजनासमेत ५ वटा प्रोजेक्टको प्रधानमन्त्री सेरिङसँग संयुक्तरुपमा उद्घाटन गरे।

भारतले रुपे कार्ड सिंगापुरमा पनि लञ्च गरिसकेको छ। 

सन् २०१४ मा पहिलो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएपछि मोदीले भुटानको पहिलो औपचारिक भ्रमण गरेका थिए। उनले दोस्रो कार्यकालमा पनि भुटानलाई निकै महत्व दिएका छन्। उनको यो दोस्रो भ्रमण हो।

प्रकाशित मिति: : 2019-08-18 16:20:17

प्रतिकृया दिनुहोस्