भ्रष्टाचार बढेको हैन, अख्तियार सक्रिय भएको हो :मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताएका छन्।

नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को घोषणासभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताए। “एकपछि अर्को भ्रष्टाचारी समातिएका छन्, यसबाट भ्रष्टाचार बढेको ठान्नु गलत हो, यो अख्तियारलाई सक्रिय बनाइएको प्रतिफल हो”, उनले भने। यसअघिका सरकारका समयमा पनि अख्तियार भए पनि यत्तिको सक्रिय नभएको उनको दाबी छ।

मन्त्री बाँस्कोटाले विभिन्न निकायका कर्मचारीलाई काम छिटो र नाफामूलक बनाउने प्रवृत्तिका कारण भ्रष्टाचार हुने गरेको बताउए। “फाइल बुझाउन जाँदा कर्मचारीलाई बेलुका तपाईको फुर्सद के छ, भेटौन, भन्ने प्रवृत्तिले भ्रष्टाचारले प्रसय पाउने हो, यस्तो प्रवृत्ति छ भने आजै त्याग्नुस्, नत्र तपाई पनि फन्दामा पर्नुहोला, उनले भने। कसैले अनुचित रकम दिए वा लिएको जानकारी भएलगत्तै सरोकारवाला निकायलाई खबर गर्न आग्रह मन्त्री बाँस्कोटालले आग्रह गरेका छन्।

मन्त्री बाँस्कोटाले मन्त्रालयमार्फत चारवटा प्रदेशमा अप्टिकल फाइबर बिछ्याउँदा आफूले पनि निर्माण व्यवसायीबाट केही अप्ठेरो ब्यहोर्नुपरेको बताउँदै नाफामूलक सामाजिक सेवामा सरकारलाई नै सघाउनुपर्ने उल्लेख गरे। “समयमै काम नसक्दा पनि ठकेदार अदालत धाउँछन्, यसले कसैलाई फाइदा पुग्दैन ।” निर्माण क्षेत्रको संशोधित पछिल्लो खरीद नियमावली अन्तिम नहुने उल्लेख गर्दै उहाँले व्यवसायीसँग छलफल गर्न सरकार तयार रहेको बताए।

प्रकाशित मिति: : 2019-08-17 15:44:41

प्रतिकृया दिनुहोस्