जम्मुको ५ जिल्लामा इन्टरनेट र कश्मिरमा टेलिफोन सुचारु

Agency

भारतले विवादास्पद जम्मु–कश्मिरमा धारा ३ सय ७० हटाउने निर्णय गरेको १२ दिनपछि स्थिति सामान्य बन्दै गएको सरकारले दावी गरेको छ। यसैबीच सरकारले जम्मुको पाँचवटा जिल्लामा २जी इन्टरनेट सेवा उपलब्ध गराएको छ भने कश्मिरमा १७ टेलिफान एक्सचेन्ज लाइनअन्तर्गत ल्यान्डलाइनको सुविधा सुचारु गरेको छ।

दुई साताअघि धारा ३ सय ७० हटाउने निर्णय गर्नुभन्दा पहिलेदेखि नै भारत सरकारले जम्मु–कश्मिरको टेलिफोन र इन्टरनेट सुविधा काटेको थियो।

जम्मु–कश्मिरका मुख्य सचिव बिवीआर सुब्रमण्यमले पत्रकार सम्मेलनमा चरणबद्ध रुपमा टेलिफोन र इन्टरनेट सुविधा खोल्ने स्पष्ट पारेका छन्।

सरकारले धारा ३ सय ७० हटाउनुअघि जम्मु–कश्मिरका तीन मुख्यमन्त्री फारुक अब्दुल्लाह, उमर अब्दुल्ला र महबुबा मुफ्तीलाई घरमै नजरबन्द गरेको थियो।

मुख्य सचिवले गत सोमबारदेखि स्कुल सञ्चालनमा आएको भन्दै छिट्टै सार्वजनिक यातायात सुचारु हुने बताए। उनले प्रतिबन्धयता कुनै अप्रिय घटना नभएको बताएका छन्।

याे पनि पढ्नुहाेस।

प्रकाशित मिति: : 2019-08-17 13:20:55

प्रतिकृया दिनुहोस्