भारतीय प्रधानमन्त्री मोदी भुटानमा, १० वटा सम्झौंता हुन सक्ने

Agency

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनको भुटान भ्रमणमा शनिबार निस्किएका छन्। दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएपछि मोदीको यो पहिलो भुटान भ्रमण हो। उनले सन् २०१४ मा पहिलो कार्यकालका लागि चुनिएपछि भुटानबाटै विदेश यात्रा सुरु गरेका थिए।

उनलाई शनिबार राजधानी थिम्पुस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो।

भुटानको दुई दिन बसाईंका क्रममा मोदीले १० वटा सम्झौंतामा हस्ताक्षर गर्ने बताइएको छ। मोदीले भुटान भ्रमणका क्रममा वर्तमान राजा, पूर्व राजा र प्रधानमन्त्रीसँग सार्थक कुराकानी हुने आशा व्यक्त गरेका थिए।

याे पनि पढ्नुहाेस।

अमेरिकामा 'एम्बुस'मा पारेर मारिए दुई सुरक्षाकर्मी

न्युयोर्कमा 'टुटुल्को' गाईजात्रा

चीनको ‘वान बेल्ट वान रोड’ नीतिअनुरुप सिक्किम र भुटानको सिमामा बन्न लागेको बाटोको भारतले विरोध गर्दै आइरहेको छ। भुटान भ्रमणका क्रममा मोदीले ५ वटा परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको भारतीय अखबारहरूले जानकारी दिएका छन्।

उनले मुङ्देछु जलविधुत आयोजनाको उद्घाटन गर्न सक्ने बताइएको छ। यस्तै, भारतीय रुपे कार्डको पनि लञ्ज हुन सक्ने सम्भावना छ। रुपे कार्ड यसअघि सिङ्गापुरमा पनि लञ्च भइसकेको छ। मोदीले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को एउटा ग्राउन्ड स्टेशनको पनि उद्घाटन गर्ने कार्यक्रम छ।

याे पनि पढ्नुहाेस।

फकल्यान्ड युद्वमा ५ पाउण्ड भत्ता दिन्छु भनेको बेलायतले १ पाउण्ड मात्र दियोः वार भेट्रान बुद्धिराज राई (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-17 12:50:02

प्रतिकृया दिनुहोस्