
मौन आवाज
चोर पसेको छ जस्तो छ - निन्द्रामा!
यस्तोबेला बिना शरीर -
ढुङ्गामाथि खुट्टा हल्लाएर निर्धक्क बस्न सकिँदैन
सकिँदैन -
घाँसमा उतानो परेर बिछ्यौनामा निदाउँन!
सकिँदैन -
टाउकोमा सिरानी हालेर निमग्न निदाउँन
सकिँदैन -
सपनामा निदाउँन
सकिँदैन -
अनिन्द्रामा निदाउँन
सकिँदैन -
निन्द्रामा निदाउँन!
केही त अवश्य हराएको छ -
छ भने - मन बेचैन छ!
केही त अवश्य हराएको छ -
छ भने तन बेचैन छ!
केही त अवश्य हराएको छ -
छ भने - जीवन बेचैन छ!
शंका छ -
खरानीमाथि आगोले केही डढाएको छ!
शंका छ -
छालमाथि पानीले केही बगाएको छ!
शंका छ -
प्रेममाथि विश्वासले केही लुकाएको छ!
- कहिलेकाहीं लाग्छ -
नभएको चीज हराएको छ।
- कहिलेकाहीं लाग्छ -
भएको चीज हराएको छ।
- कहिलेकाहीं लाग्छ -
हराएको त छ -
तर / के हराएको छ?
छामी हेरुँ भन्छु -
छाम्ने वस्तु छैन।
छोई हेरुँ भन्छु -
छुने वस्तु छैन।
- हेरुँ भन्छु -
हेर्ने वस्तु छैन।
- हातमा औंला छैन
- खुट्टामा यात्रा छैन
- आँखामा दृश्य छैन
- टाउकोमा मस्तिष्क छैन
- अनुहारमा अनुहार छैन ।
-केही त अवश्य हराएको छ -
- कोही त अवश्य हराएको छ!
चोर पसेको छ जस्तो छ -
केही नभएको - कतै नभएको समय र स्थानमा -
कोठामा - घरमा - तथाकथित यो भौतिक संसारमा!
तर / म निर्धक्क छु -
यदि / म कतै छु भने -
केही हराएको छैन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया