मुलुकका नेताहरु भष्ट्र भए : राप्रपा अध्यक्ष थापा

तस्बिरः बिएल

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा पार्टीहरु असफल भएको र नेताहरु भ्रष्ट भएको आरोप लगाएका छन्। 

राप्रपा दोलखा काठमाडौं सम्पर्क समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा अराजकता र भष्ट्राचार बढेको भन्दै यसलाई नियन्त्रण गर्न प्रमुख दलहरु र सरकार असफल भएको आरोप लगाए।
परम्परागत धर्म र संस्कृति तथा राजसंस्थालाई पाखा लगाएर मुलुकको समृद्धि र बिकास हुन नसक्ने भन्दै थापाले बर्तमान सरकार गठन भएको डेड बर्ष बढि हुदा पनि नयाँ नेपाल निर्माणको कुनै संकेत नदिएको बताए।
राष्ट्रनिर्माण र देशको बिकासका निम्ति बैंकल्पिक शक्ति राप्रपा नै भएको भन्दै यस बिषयलाई जनताको घरदैलोमा पुराउने काम राप्रपाले गर्नुपर्ने उनको भनाई थियो।
निर्वाचनको नतिजाकै आधारमा राप्रपालाई कमजोर सम्झन नहुने भन्दै आउने चूनावमा राप्रपा बलियो शक्ति भएर आउने दाबी गरे।
कार्यक्रममा अध्यक्ष थापाले बिभिन्न पार्टीबाट आएका कार्यकताहरुलाई राप्रपा प्रवेश गराएका थिए।

 

प्रकाशित मिति: : 2019-08-16 16:17:37

प्रतिकृया दिनुहोस्