मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

तस्बिरः एजेन्सी

उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ।

उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो।

सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको हो।

उनीहरूले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको देखिएको ठहर भएको छ।

प्रकाशित मिति: : 2019-08-13 23:09:10

प्रतिकृया दिनुहोस्