प्रधानमन्त्री ओली स्वदेश फिर्ता (भिडियोसहित)

सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण गरी सोमबार फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै। तस्बिरः रासस

 प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्यपरीक्षण गरि सोमबार स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण  गराएका थिए। उनी स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लगाएतले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीको सो हस्पिटलमा साउन १९ गतेदेखि स्वास्थ्य परीक्षण शुरु भएको थियो । उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गराएका थिए।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए।

प्रकाशित मिति: : 2019-08-12 14:31:35

प्रतिकृया दिनुहोस्