भोलि प्रदेश २ मा सार्वजनिक विदा

तस्बिरः बिएल

प्रदेश २ सरकारले सोमबार  सार्वजनिक विदा दिएको छ। मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेशभर बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।

विज्ञप्तिमा मुख्यमन्त्री लालबाबु राउतले इदको अवसरमा सम्पूर्ण मुस्लिम धर्मालम्बीहरूलाई शुभकामनासमेत व्यक्त गरेका छन्।

प्रदेश सरकारले दिएको विदा प्रदेश तथा स्थानीय सरकारका कार्यालयमा लागू हुन्छ। केन्द्र मातहतका कार्यालयमा विदा दिन गृह मन्त्रालयले सूचना जारी गर्नुपर्छ।

प्रकाशित मिति: : 2019-08-11 12:44:56

प्रतिकृया दिनुहोस्