गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी

तस्बिरः बिएल

 

दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। शनिवार मध्यरातमा जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार आगलागीबाट रा १ झ १५२ नम्बरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ।

गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको उक्त गाडी कसले र किन आगजनी गरेको  भन्ने विषय नखुलेको पाण्डेले बताए ।

रोल्पा जिल्लासँग सीमाना जोडिएको बंगलाचुली दाङको विकट पहाडी क्षेत्र हो । बंगलाचुलीका अध्यक्ष वली पूर्व माओवादीवाट निर्वाचित व्यक्ति हुन्।

यसैबीत प्रहरीले प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुनसक्ने पूर्वानुमान गरेको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-08-11 08:10:14

प्रतिकृया दिनुहोस्