होला त अमेरिका र तालिबानबीच शान्ति सम्झौता ?

होला त ईदपछि अमेरिका र तालिबानबीच शान्ति सम्झौंता ? तस्बिर : एजेन्सी ।

मुस्लिमहरूको महान चाँड ईदपछि अमेरिका र तालिबानबीच शान्ति सम्झौंता हुने सम्भावना बढेर गएको छ। 

यदी यसो भएमा अफगानिस्तानमा विगत १८ वर्षदेखि जारी संघर्ष केही महिनाभित्रै समाप्त हुनेछ।

हालै युट्युबमा जारी एक भिडियो सन्देशमा तालिबानका एक सदस्य मुल्ला खैरुल्ला खैरख्वाहले ईदपछि अमेरिका र तालिबानबीच समझौंता हुने दावी गरेका छन्।

यो सम्झौंताले अमेरिकालाई अफगानिस्तानबाट आफ्नो सेना देश फर्काउन सहयोग पुग्ने बताइएको छ। अमेरिकासँगको सम्झौंतामा अफगान सरकारलाई पनि समावेश गरिने बताइएको छ।

भिडियोमा खैरुल्लाले बकरईदपछि कतारको राजधानी दोहामा अमेरिका र तालिबानबीच छलफल सुरु बताएका छन्।

अफगान मामिला हेर्ने अमेरिकी विशेषदूत जालमे खलिलजाद दोहा फर्किएपछि संयुक्त राष्ट्र र अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओआइसी) र अन्य देशका प्रतिनिधिको उपस्थितिमा सम्झौंतामा हस्ताक्षर हुने बताइएकाे छ।

याे पनि पढ्नुहाेस।

डेढ ग्राम ब्राउन सुगर सहित नेपाली सेनाका एक मेजर पक्राउ

अमेरिका भन्छ- 'बदमास सत्ता' : चीन भन्छ- 'गुण्डा तर्क'

दोहामा अमेरिका र तालिबानबीच हालै आठौं चरणको वार्ता सम्पन्न भएपछि खलिलजाद भारत पुगेका थिए। उनले भारतीय विदेश मन्त्री एस जयशंकरलाई अफगानिस्तानमा भइरहेको शान्ति सम्झौंताको उपलब्धीको विषयमा जानकारी गराएका थिए। भारतपछि उनी नर्वे पुगेका थिए र उनले नर्वेका विदेश मन्त्री मेरी एरिक्सन सोराइडसँग अफगान मुद्धाकाे विषयमा चर्चा गरेका थिए।

अमेरिकी विदेश मन्त्रालयले पनि खलिलजादले अफगान मुद्धामा जोडिएका सबै पक्षसँग कुराकानी गरिरहेको पुष्टी गरेको छ।

याे पनि हेर्नुहाेस।

लाहुरे श्रीमतिको पीडा– जवानीमा लोग्नेसँग छुट्टिएर बस्नु पर्‍यो, अहिले छोराहरूसँग (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-10 20:38:17

प्रतिकृया दिनुहोस्