प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य, भोलि स्वदेश फर्कने

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य परीक्षणका लागि सिङगापुर प्रस्थान गर्दै । तस्वीरःरासस

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गरी भोलि शुक्रबार स्वदेश फर्केने भएका छन्।

सिंगापुरमा उनको स्वास्थ्य परीक्षणको काम सम्पन्न भएको छ । सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओली भोलि नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

ओली महाराज, कम्तिमा अलिकति शर्म त गरिबक्सियोस् !

यसरी चल्छ परदेशको जिन्दगी!

न प्रचण्ड 'हेग' ल्याइन्छन्, न 'हिरो' हुन्छन्

नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुर प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिब्या सिंह सिंगापुर गएका थिए।

किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

संगीत घरका मालिक रमण (भिडियो रिपोर्ट)

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।

अधिकांश समय थाइल्याण्ड जाने गरेका प्रधानमन्त्री यसपटक सिंगापुर गएका हुन्। केही समयदेखि स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली केही दिन यताका कार्यक्रममा उपस्थिति न्युन गराएका थिए।

प्रकाशित मिति: : 2019-08-08 17:37:32

प्रतिकृया दिनुहोस्