निगममाथि लागेको प्रतिबन्ध हटाउन पहल गर्ने मन्त्री भट्टराईको प्रतिवद्धता (भिडियोसहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निमगको वर्तमान अवस्थाको अध्ययन गरी निगम सुधारका उपाय पहिचानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै निगमको अवस्थाबारे अध्ययन गर्न एक कमिटी बनाएको जानकारी दिएका हुन्। पर्यटन मन्त्रालयका पूर्वसचिव सुशील भट्टराई संयोजक रहेको कार्यदलमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश पौडेल, क्याप्टेन सुधीर शमशेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन्।
उनले कार्यदललाई १ महिनाभित्र प्रतिबेदन बुझाउन निर्देशन दिएको बताए। मन्त्री भट्टराइले नेपाल वायुसेवा निगमलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने प्रतिवद्धता समेत जनाए। निजगढ विमानस्थलको विकल्प नखोज्ने भन्दै उनले विमानस्थल निर्माण प्रकृया चलिरहेका बेला वातावरणविद्हरुले चासो देखाएकोप्रति आफू जानकार रहेको पनि बताए। उनले दोस्रो चरणमा त्रिभुवन विमानस्थल २१ घण्टा सुचारु गर्ने योजना रहेको भन्दै धावनमार्गको काम सन्तोषजनक रुपमा सम्पन्न भएको बताए।
नेपालका बिमानस्थलहरु अन्तराष्ट्रिय मापदण्डभन्दा माथि नै रहेको पनि बताए। त्यस्तै मन्त्री भट्टराईले समयमा नै काम गर्न नसक्ने र नजिता दिन नसक्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिए।
मन्त्री भट्टराइले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम ७३ प्रतिशत सकिएको र पोखरा विमानस्थलको काम ४५ प्रतिशत सम्पन्न भएको जानकारी पाएको जानकारी दिए। त्यस्तै मन्त्री भट्टराइले ३ वटा आन्तरिक बिमानस्थलमा रात्रिकालीन रुपमा सञ्चालन गर्ने प्रयास थाल्ने समेत बताए।

प्रकाशित मिति: : 2019-08-07 16:29:40

प्रतिकृया दिनुहोस्