भारतकी पूर्वविदेशमन्त्री शुषमा स्वराजको निधन

अल विदा सुषमा स्वराज । तस्बिर : एजेन्सी

भारतकी पूर्वविदेशमन्त्री शुषमा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि उनलाई राती नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो। 

मंगलबार राती पौने १२ बजे अस्पतालले उनको निधनको घोषणा गर्यो। जम्मु–कश्मिरबाट धारा ३ सय ७० समाप्त भएपछि साँझ ७ बजेर ३० मिनेटमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यबाद ज्ञापन गरेकी शुषमाको एक्कासी स्वास्थ्य बिग्रिएको थियो।

उनी नरेन्द्र मोदीको पहिलो कार्यकालमा विदेशमन्त्री थिइन। उनको दुई वर्षअघि मृगौलाको प्रत्यारोपण गरिएको थियो।

याे पनि हेर्नुहाेस।

उनले कमजोर स्वास्थ्य अवस्थाकै कारण यसपालिको निर्वाचनमा उठ्न मानेकी थिइनन् ।

स्वराज २५ वर्षकाे उमेरमा हरियाणाकाे मन्त्री बनेकी थिइन् । उनी सन् १९९८ मा दिल्लीकाे मुख्यमन्त्री पनि बनेकी थिइन् । समाजवादी पार्टीबाट राजनीति सुरु गरेकी शुषमा भारतीय जनता पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री अटलबिहारी बाचपायीपछि सबैभन्दा लाेकप्रिय वक्ता थिइन् । उनलाई कुनैबेला शिव सेनाका अध्यक्ष बालासाहेब ठाकरेले भविष्यकाे प्रधानमन्त्री भन्थे । 

उनी प्रधानमन्त्री त बन्न सकिनन् तर भारतको नेता विपक्ष र विदेशमन्त्री जस्ताे महत्वपूर्ण पदमा आसिन भइन् । पाकिस्तानसँग सम्बन्ध खराब भएपनि आफ्नाे कार्यकालमा उनले पाकिस्तानकाे एक विरामी परिवारलाई उपचार गर्न भारतकाे भिषा उपलब्ध गराएकी थिइन् । 

उनकाे निधनमा प्रधानमन्त्री माेदीले ५ वटा ट्वीट गरेर एक शानदार अध्यायकाे अन्त्य भनेका छन्। 

याे पनि पढ्नुहाेला।

चर्चित नेपाली पप गायक नोर्देन तेन्जिङ रहेनन्, बेलायतमा निधन

 

प्रकाशित मिति: : 2019-08-06 23:59:49

प्रतिकृया दिनुहोस्