ओसामा बिन लादेनको छोरा हमजा पनि मारिए

Agency

आतंकवादी संगठन अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका छोरा हमजा बिन लादेन पनि मारिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।
एनबीसी मिडियाले यसको पुष्टी गरेपनि कहाँ मारिएको हो? यसको जानकारी दिएको छैन। न्युयोर्क टाइम्सले केही समयअघि प्रकासित गरेको समाचारमा दुई वर्षदेखि हमजाविरूद्ध चलिरहेको अपरेशनमा उनी मारिएका हुन्।

आफ्नो बुवा ओसमा बिन लादेनको हत्या अमेरिकाले गरेपछि हमजा विश्वको सबैभन्दा सर्वशक्तिमान देशसँग बदला लिन चाहन्थे। उनी अमेरिकाको हिट लिस्टमा थिए।
राष्ट्रपति डोनल्ड ट्रम्पले भने हमजा मारिएको विषयमा कुनै टिप्पणी गर्न चाहेनन्। यही वर्षको मार्चमा अमेरिकाले हमजामाथि १० लाख डलरको इनाम घोषणा गरेको थियो।
उनको सम्पत्ति पनि जफत गरिएको थियो। हमजा ओसामा बिन लादेनको २० बच्चामध्ये १५ औं थिए। उनी तेस्रो श्रीमति पट्टिका छोरा हुन्। हमजाको उमेर ३० वर्ष बताइएको छ। उनलाई बिन लादेनको उत्तराधिकारीको रुपमा हेरिएको थियो।

अमेरिकी सेनाका अनुसार बुवाको हत्याको बदला लिन उनले सन् २०११ को मेमा एउटा अडियो र भिडियो सन्देश आफ्नो समूहमा बाँडेका थिए। उनले साउदी अरबलाई पनि धम्की दिएका थिए। उनले साउदीका जनतालाई साउदी अरबको शाषकविरूद्ध विद्रोह गर्न उक्साएका थिए।

हमजाले मोहम्मद अट्टाको छोरीसँग विवाह रचेको भिडियो टेप अमेरिकी सेनाले फेला पारेका थिए। अट्टा त्यही व्यक्ति हुन्, जसले ९–११ घटनामा कमर्शियल एयरक्राफ्ट अपहरण गरेका थिए। प्लेन वल्र्ड ट्रेड सेन्टरमा लगेर ठोक्काइएको थियो। उनलाई इरानबाट पक्राउ गरिएको आशंका छ।

 

प्रकाशित मिति: : 2019-08-01 12:18:11

प्रतिकृया दिनुहोस्