चीनले लगायो आफ्नो नागरिकलाई ताइवान नजान उर्दी

चीनले आफ्नो नागरिकलाई ताइवानको यात्रा नगर्न सर्कुलर जारी गरेको छ। चीनको यो निर्णयका कारण ताइवानको अर्थव्यवस्थामा प्रभाव पर्ने बताइएको छ।
चीनले बिहीबार आफ्ना नागरिकलाई ताइवानको व्यक्तिगत यात्रामा जाने प्रवेशाज्ञा जारी नगर्ने स्पष्ट संकेत गरिसकेको छ।
चिनियाँ पर्यटन मन्त्रालयले बुधबार ताइवानसँग केही दिनयता बढेको विवादका कारण प्रवेशाज्ञा लागु नगर्ने स्पष्ट पारिसकेको छ।
सीमासँग जोडिएको ताइवान जान चिनियाँ नागरिकले सरकारसँग अनुमति लिनुपर्ने नियम छ।
चीनले लामोसमयदेखि ताइवान आफ्नो राज्य भएको दावी गर्दै आइरहेको छ। चीनको यो दावीको विरोधमा अमेरिकाले ताइवानलाई समर्थन जनाउँदै आएको छ।

प्रकाशित मिति: : 2019-08-01 12:05:43

प्रतिकृया दिनुहोस्