प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार, योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई पर्यटन मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्।

भट्टराईले आजै दिउँसो ४ बजे पद तथा गोपनियताको सपथ लिनेछन्। 

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परे पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय खाली थियो।

ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सांसद भट्टराई पहिलो पटक मन्त्री बन्न लागेका हुन्।

प्रकाशित मिति: : 2019-07-31 14:50:14

प्रतिकृया दिनुहोस्