आन्दोलनमा उत्रिएका १४ सय प्रदर्शनकारी मस्कोमा पक्राउ

Agency

रुसको राजधानी मस्कोमा स्वतन्त्र र निस्पक्ष चुनावको माग गर्दै शनिबार प्रदर्शनमा उत्रिएका चौध सय प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भीडलाई तितरबितर पार्न प्रहरी लाठी चार्ज गर्दा धेरै प्रदर्शनकारी घाइते भएका थिए। मस्कोमा आउँदो सेप्टेम्बरमा स्थानीय निकायको चुनाव हुँदैछ। ४५ सिटका लागि हुने स्थानीय निर्वाचनमा क्रेमलिन युनाइटेड रसिया पार्टीको कब्जा छ।

चुनाव आयोगले स्थानीय निर्वाचनमा मुख्य विपक्षी दललाई सहभागी हुन नदिएपछि यसको विरोध हुँदै आइरहेको छ।

युरोपेली युनियन र एमनेस्टी इन्टरनेशनलले मस्कोको सिटी हलको बाहिर भएको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भन्दै निन्दा गरेको छ। इयुले संगठन बनाउने र एकजुट हुने मुलभूत अधिकारमा हस्तक्षेप भएको बताएको छ।

सरकारको मुख्य आलोचक मानिने एलेक्सी नवालनीले प्रदर्शनको आवहान गरेको भन्दै ३० दिनका लागि जेल सजाय सुनाइएको छ।
शनिबार मस्कोमा भएको आन्दोलन ४ वर्षमा दोस्रो ठूलो भएको बताइएको छ।

 

प्रकाशित मिति: : 2019-07-28 18:23:37

प्रतिकृया दिनुहोस्