अर्पण उत्कर्ष
म प्रीतिको फूल
बाटोमुनिको साँघुरो गल्छिमा हुर्केको
खोल्साको ओसिलो चेपमा जीवन देखेको
पहराको माथिल्लो डिलैनिर अडिबसेको
झर्नै लागेको तर कहिलै नझर्ने
मुस्कुराउन खोज्ने तर कहिलै हांस्न नजान्ने
कसैको आँखामा नबसेको
मनमा नअल्झिएको
चुल्ठोमा नशिउरिएको
म प्रीतिको फुल
पुजाको थालिमा बसेर
मन्दिरको दैलो सम्म नछोइएका
कसैको ह्त्केलाबाट उप्केर
प्रेमिल मनहरु सम्म यात्रा नगरेका
भमराले पनि चुम्बन गर्न अल्छी मानेका
केवल बांच्नैको लागि जिइरहेका
जिउँदो देखिनको लागि श्वास लिइरहेका
चिसो हिउँ र शिरेटोमा पनि
अथक, अविचलित भैईरहने
म बाटोमुनिको फूल
म प्रीतिको फूल !
मेरो मन पनि पुग्दो हो
बादलहरुको देशमा,
खुल्ला आकाशमुनि
मलमलको बिछ्यौनामा ढल्किदा हाे, साँझहरुसँग।
पानीको छालहरुसँग मिसिदै मिसिदै
पुग्दाे हाे समुन्द्रको मुटुमा,
मैले पनि महशुस गर्दाे हुँ
आफ्नोपन सम्झेर प्रेम
र पराई भुलेर आत्मियता।
अफसोस,
म प्रीतिको फूल !
चोटहरुले हिर्काउँदा हिर्काउँदा
छिया छिया मुटु बोकेरै फुलेको फूल
पीडा भुलेको फूल
पिर - अत्तिको फूल
पिरतिको फूल
एउटा आजादिको फूल
समयले हर खुशी लुटिएको खुशियालिमा
झनै सर्वाङ्ग फुलेको फूल।
म प्रीतिको फूल
एक असुगन्धित फूल।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया