'राष्ट्रियतामा खतरा महिलाबाट विवाह गरेका ज्वाईवाट मात्र हुन्छ भन्ने छैन'

बिएल

 

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा जारी नागरिकता ऐन, २०६३ संशोधन गर्न पेश गरिएको ‘नागरिकता विधेयक–२०७५’ को ९९ प्रतिशत काम सम्पन्त्र भइसकेको छ। अब छिटै पारित हुने क्रममा रहेको राज्य व्यवस्था समिती सभापति शशी श्रेष्ठले एक कार्यक्रमका बीच जानकारी गराइन्।

संविधानको जगमा टेकेर संविधानमा भएको व्यवस्थामा नबाझिने गरि प्रगतिशील नागरिकता विधेयक आउने क्रममा रहेको जानकारी उनले दिइन्।

विशेषगरी नागरिकता विधेयकमा महिलाको हकमा अर्थात आमाको नाममा नागरिकता दिने कुरालाई कसरी सहजिकरण गर्ने, विशेषगरी नागरिकता दिने सवालमा नेपाली पुरुषसँग विवाह गर्ने महिलाले विवाह गरेको दिनै आफनो देशको नागरिकता त्यागे पश्चात नेपालको नागरिकता प्राप्त गर्ने तर नेपाली महिलासँग विवाह गर्ने पुरुषले आजीवन नेपालको नागरिक हुन नसक्ने विभेदपूर्ण व्यवस्थाको विरोध भएको थियो।

कार्यक्रम उच्च अदालत पाटन बारले आयोजना गरेको थियो ।

प्रकाशित मिति: : 2019-07-26 11:47:13

प्रतिकृया दिनुहोस्