लन्डनका पूर्व मेयर बोरिस बने बेलायतको प्रधानमन्त्री

Agency

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री चुनिएका छन्। बेलायतलाई युरोपियन युनियनबाट अलग गर्न नसकेपछि नैतिकताको आधारमा ७ जुनमा राजीनामा गरेकी थेरेसा मेको स्थानमा बोरिस नयाँ प्रधानमन्त्री चुनिएका हुन्।

कन्जरभेटिभ पार्टीका दुई प्रतिद्धन्दी बोरिस र जेरेमी हन्टबीच भएको भिड्न्तमा ९२ हजार १ सय ५३ मत ल्याउँदै बोरिस विजयी भएका हुन्। 

हन्टले ४६ हजार ६ सय ५६ मत प्राप्त गरेका थिए। बोरिस लन्डनका पूर्व मेयर हुन भने उनले विदेश मन्त्रालयको कार्यभार पनि सम्हालिसकेका छन्।

 

 

प्रकाशित मिति: : 2019-07-23 23:14:32

प्रतिकृया दिनुहोस्