कर्नाटकामा भारतीय कांग्रेसको सरकार ढल्यो, बहुमत पुरा गर्न ४ मतले चुक्यो

Agency

भारतको कर्नाटका राज्यमा सरकार बनाएको १४ महिनामै भारतीय कांग्रेस पार्टीको सरकार ढलेको छ।

कर्नाटकाका मुख्यमन्त्री कुमारस्वामीले मंगलबार विधानसभामा बहुमत पुरा गर्न नसकेपछि भारतीय कांग्रेसको गठबन्धन सरकार भंग भएको हो।

मुख्यमन्त्री कुमारस्वामीले मंगलबार नै विधानसभामा आफ्नो राजीनामा पेश गरे। बहुमत पुरा गर्न उनलाई १ सय ३ मत आवश्यक थियो। तर, २ सय २४ सिट भएको कर्नाटकाको विधानसभामा कांग्रेस र जेडियस पार्टीले ९९ सिट मात्र पुरा गर्न सफल भए।

कांग्रेस र जेडियसबाट बागी बनेका १५ विधायकसँगै ४ जना मंगलबार अनुपस्थित रहे।

कांग्रेसको सरकार ढलेपछि भारतीय जनता पार्टीले सरकार बनाउने दावी गर्दैछ। कर्नाटकाका पूर्व मुख्यमन्त्री येदियुरप्पा चौथो पल्ट मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ।

 

 

प्रकाशित मिति: : 2019-07-23 22:54:20

प्रतिकृया दिनुहोस्