आचरणबिरुद्ध काम गर्ने १० हजार  प्रहरीमाथि कारबाही, १९ हजार पुरस्कृत

बीएल

प्रहरी संगठनको नीति विरूद्ध काम गर्ने ९ हजार ७ सय ८६ जना विभिन्न तहका प्रहरी कर्मचारीलाई कारबाही गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले मंगलबार वार्षिक प्रगति बिवरण सार्वजनिक गर्दै संगठनको नीति नियम बिरुद्ध काम गर्ने प्रहरीलाई विभागीय कारबाही गरेको बताएको हो।

मन्त्रालयले सार्वजानिक गरेको विवरणमा एक वर्षको अवधिमा विभिन्न दर्जाका ९७८६ प्रहरी कर्मचारीलाई बिभागीय कारवाही गरेको छ।

संगठनको आचरण बिरुद्ध काम गर्ने प्रहरीलाई कारबाही मात्र होइन, संगठनमा रहेर राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत पनि गरेको जानकारी दिएको छ।

गृहले सार्जजनिक गरेको विवरण अुनसार एक वर्षको अवधिमा १९ हजार ६ सय ५३ जनालाई पुरस्कृत गरिएको छ।

त्यसरी कारबाही गर्नुअघि संगठनका तर्फबाट २३ सय ९२ पटक अनुगमन तथा निरीक्षण गरिएको बताइएको छ।

त्यस्तै शसस्त्र प्रहरीका विभिन्न दर्जामा रहेका ३२३ जनालाई पनि कारबाही गरिएको जानकारी गराइयो।

प्रकाशित मिति: : 2019-07-23 14:31:17

प्रतिकृया दिनुहोस्