विप्लव माओबादीका जिल्ला सेक्रेटरी पक्राउ

प्रहरीले प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टि विप्लव समुहका जुम्ला जिल्ला सेक्रेटरी सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले जुम्ला जिल्ला सेक्रेटरी बिर्खबहादुर शाही र युवा संगठनका कर्णाली ब्यूरो अध्यक्ष जगतबहादुर विष्टलाई पक्राउ गरेको हो।

विषेश सूचनाको आधारमा प्रहरीले सोमबार बिहान जुम्लाको हेमा गाँउपालिका ७ धाचु गाउँबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरीले उनीहरुबाट चन्दा रसिदलगायत पार्टीका दस्तावेज बरामद गरेको दावी गरेको छ। आइतवार मात्र प्रहरीले पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको थियो। प्रहरीले काठमाडौं उपत्यकामा भएका बम विस्फोटका घटनाको लामा प्रमुख योजनाकार भएको दाबी गरेकाे छ।

प्रकाशित मिति: : 2019-07-22 11:38:13

प्रतिकृया दिनुहोस्