‘अन्डरवर्ल्ड डन’ दाउदका भतिजा मुम्बई विमानस्थलबाट पक्राउ

Agency

‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका भतिजा रिजवान कासकरलाई मुम्बई पुलिसले बुधबार राती मुम्बई विमानस्थलबाट पक्राउ गरेको छ।

उनलाई जबरदस्ती पैसा असुलीको मुद्धामा प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।

रिजवान भारतबाट विदेश भाग्ने तयारीमा रहेको बेला विमानस्थलबाट पक्राउ परेको मुम्बई प्रहरीले जानकारी दिएको छ। रिजवान दाउदको कान्छो भाई इकबाल कासकरका छोरा हुन्।

मुम्बई बम काण्डमा करिब २७ वर्षदेखि खोजी भइरहेका दाउदलाई हालसम्म भारत सरकारले पक्राउ गर्न सकेको छैन। उनी हाल पाकिस्तानमा शरण लिएर बसेको भारतीय अधिकारीहरूको दावी छ। मुम्बई पुलिसले दाउद र छोटा शकिलको विरुद्ध १६ जुलाईमा छानवीन गर्ने क्रममा अहमद रजालाई पक्राउ गरेको थियो।

उनी दाउद समूहका सदस्य फहिम मचमचसँग निकै नजिक रहेको प्रमाणको आधारमा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले रजासँग लामो छानवीन गर्ने क्रममा असुलीको धन्दामा रिजवान सक्रिय रहेको बयान दिएका थिए। यसै आधारमा प्रहरीले दाउका भतिजालाई खोजी गरिरहेको थियो।

 

प्रकाशित मिति: : 2019-07-18 14:37:59

प्रतिकृया दिनुहोस्