टस जितेर पहिले बलिङ गर्दै लुम्बिनी लायन्स
नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुरुवातमा बलिङ गर्ने भएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिसकेको हो। राोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैँ