प्रज्ञा स्मृती प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय खुला शारीरिक सुगठन’ प्रतियोगिता हुने
माओवादी अध्यक्ष प्रचण्डका स्वर्गीय सुपुत्र प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको सम्झनामा प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ। शनिबार प्रतिष्ठानले काठमाडौमा पत्रकार सम्मेलन गर्दै नेपाल पुलिस क्लब भुटीमण्डपमा जेठ २४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो। प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद विकास परिषद, बागमती हेटौंडाको सहयोग साथै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो। प्रतिष्ठानकी अध्यक्ष गंगा दाहालले प्रतियो
बिएल संवाददाता - काठमाडौं