शनिबार, २२ नोभेम्बर २०२५

दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक

नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन्। नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन्। यसको साथै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन्। एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमले जनकपुरलाई दियो १ सय ८५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्ने

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ रोजेका हुन्। लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए। दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो। लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए। लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार बेहोरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलको फाइनल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्।  सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा

नेपाल प्रिमियर लिग (एनपिएल)काे फाइनलमा जनकपुर बोल्ट्स पुगेकाे छ। जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ। फाइनल खेल शनिबार खेलिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जनकपुरलाई कर्णालीले दियाे ११९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को बिहीबार भएकाे क्यालिफायर टुमा कर्णाली याक्सले जनकपुर बाेल्ट्सलाई ११९ रनकाे लक्ष्य दिएकाे छ। टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एनपिएलको फाइनलमा पुग्न कर्णाली र जनकपुर भिड्दै

दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो। पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ। दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहीबार दिउँसो १२ ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिला यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग भिड्दै

समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए। एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्। पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन्। सुपर–४ को अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्नेछ। सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। फाइनल भिडन्त आइतबार बिहान हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ। टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनकपुरले सुदूरपश्चिमलाई दियाे १४० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)को क्वालिफायर वान मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चितवनलाई हराउँदै कर्णाली क्वालिफायरमा

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ। बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफयरमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिलए) काे आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गर्‍याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चितवन राईनोजले टस जितेर बलिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिलए) को आज हुने पहिलो इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ रोजेका छन्। यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज दुई खेल हुँदै

बुधबारको पहिलो इलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलका लागि पुरस्कार घोषणा, विजेतालाई १ करोड १० लाख

क्यानका अनुसार एनपिएल विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपिएल: लिग चरणका खेल सकिएसँगै आज ब्रेक

नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैनन्। बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ। अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ।  समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णालीलाई हराएको सुदूरपश्चिमले क्वालिफायर खेल्ने

कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ। जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ। टस हारी पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमले कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै

पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ। टियु क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ