शनिबार, २२ नोभेम्बर २०२५

साउदीमा हुने ‘विश्वकप फुटबल’काे किन भइरहेछ विवाद!

फिफाको निर्णयसँगै साउदी अरब मध्यपूर्वमा विश्वकप फुटबल आयोजना गर्ने दोस्रो देश हुने भएको छ। यसअघि सन् २०२२ मा मध्यपूर्वको कतारले विश्वकप फुटबल आयोजना गरेको थियो। साउदी अरबले सन् २०२१ यता खेलकुदमा पाँच अर्ब युरोभन्दा धेरै लगानी गरिसकेको छ। देशको अर्थतन्त्रलाई विविधिकरण गर्न राजकुमार मोहम्मद बिन सलमानले उल्लेख्य भूमिका खेलिरहेका छन्। साउदी अरबको घरेलु फुटबल लीगमा पनि अहिले विश्वका चर्चित खेलाडीहरू आबद्ध छन्। क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा र नेइमार जूनिअर त्यसमध्येका केही हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वेस्टइन्डिजका क्रिकेटर ब्रायन लारा एनपिएल हेर्न नेपाल आउँदै

वेस्टइन्डिजका प्रख्यात पूर्व क्रिकेट ब्रायन लारा नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि नेपाल आउँदैछन्। लारा शुक्रबार भोलि बिहान ८ः२० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एसिया कप खेल्ने महिला यु–१९ टिमको बिदाइ

एसिसी महिला यु–१९ एसिया कपका लागि सहभागि हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाण्डु गुर्खाज ५ विकेटले पराजित, जनकपुर बन्या प्लेअफमा पुग्ने पहिलो टोली

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले काठमाण्डु गुर्खाजलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बिहीबारको दोस्रो खेलमा जनकपुरले काठमान्डुलाई ५ विकेटले पराजित गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टस जितेर ब्याटिङ गर्दै विराटनगर

कीर्तिपुरस्थित टियु मैदानमा विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो। एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा हुदैँछ।  दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन्। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ।लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा बिहीबार पनि दुई खेल हुँदै

दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन्। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ। लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो।  पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो। तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रोहित पौडेलको उत्कृष्ट प्रदर्शनबीच प्लेअपबाट बाहिरियो लुम्बिनी, अन्य टोलीको सम्भावना कति?

काठमाडौँ गुर्खाजसँग पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअप होडबाट बाहिरिएको छ। लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो। भने, चौथो खेलमा जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँसँग लुम्बिनी लायन्स पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बुधबार सम्पन्न खेलमा लुम्बिनी लायन्स पराजित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ गार्खाज १०३ रनमा अल आउट

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज भएको दाेस्रो खेलमा लुम्बिनीविरुद्ध बलिङमा उत्रिएको काठमाडौँ गोर्खाज १०३ रनमा अल आउट भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जनकपुरकाे पहिलाे लजास्पद हार

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा जनपुर बाेल्ड्सले पहिलाे लजास्पद हार बेहाेरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुदूरपश्चिमले जनपुरलाई दियाे १२४ रनकाे लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनपुर बाेल्ड्सलाई १२४ रनकाे लक्ष्य दिएकाे छ. कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा पुरै ओभर खेल्दै सुदूरपश्चिमले १२३ मात्र बनाउन सक्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ड्सले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम, लुम्बिनी र काठमान्डुबीच प्रतिस्पर्धा हुँदै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपीएलमा कर्णालीकाे लगातार तेस्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ। मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित हात पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाेखराले दियाे कर्णालीलाई १०४ रनकाे सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)काे मंगलबार भएकाे दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएकाे छ। त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात निकै राम्रो खेलेकाे भए पनि १६.३ ओभरमा अल आउट हुँदै १०३ रन मात्र बनाउन सक्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चितवनलाई लुम्बिनीले दियो १६८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)मा मंगलबार बिहान भएको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज ब्रेक

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कुनै पनि खेलको तालिका राखिएको छैन। भोली मंगलबार भने दुई खेल राखिएको छन्। जसअन्र्तगत बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ