बिएल संवाददाता
सेयर शेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजको प्रायोजन रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
नेपाल क्रीकेट संघ (क्यान) र नासा सेक्युरिटीजबिच तीन वर्षसम्म जर्सी प्रायोजन गर्ने सम्झौता भएको हो। न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकेर आह्वान गरिएको जर्सी प्रायोजनको टेन्डरमा नासाले क्यानलाई वार्षिक २ कराेड ३६ हजार दिने गरी टेन्डर हात पारेको हो।
सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जर्सी सार्वजनिक गरे।
नेपाली गार्मेन्टबाट उत्पादित नीलो रंगको जर्सीको कलर र बाउलाको बोर्डरमा सुन्तला कलर राखिएको छ।
दुवैतर्फको काँधमा राष्ट्रिय झण्डा राखिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने खेलमा अब यही जर्सी लगाउने छन्। जर्सी सार्वजनिक कार्यक्रममा नेपाली क्रिकेट टोलीका खेलाडीहरू उपस्थित थिए।
सोही कार्यक्रममा क्यानले अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।
टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ। उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म डार्विनमा हुनेछ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया