बिएल संवाददाता
सेयर शेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजको प्रायोजन रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
नेपाल क्रीकेट संघ (क्यान) र नासा सेक्युरिटीजबिच तीन वर्षसम्म जर्सी प्रायोजन गर्ने सम्झौता भएको हो। न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकेर आह्वान गरिएको जर्सी प्रायोजनको टेन्डरमा नासाले क्यानलाई वार्षिक २ कराेड ३६ हजार दिने गरी टेन्डर हात पारेको हो।
सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जर्सी सार्वजनिक गरे।
नेपाली गार्मेन्टबाट उत्पादित नीलो रंगको जर्सीको कलर र बाउलाको बोर्डरमा सुन्तला कलर राखिएको छ।
दुवैतर्फको काँधमा राष्ट्रिय झण्डा राखिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने खेलमा अब यही जर्सी लगाउने छन्। जर्सी सार्वजनिक कार्यक्रममा नेपाली क्रिकेट टोलीका खेलाडीहरू उपस्थित थिए।
सोही कार्यक्रममा क्यानले अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।
टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ। उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म डार्विनमा हुनेछ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया