
बिएल संवाददाता
भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ।
समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्राको सुरुवातमा घरेलु टोली भुटानसँग भिड्दै छ।
खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरू हुने छ।
यस समूहमा उत्तर कोरिया र साउदी अरब पनि रहेका छन् । उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो।
नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ। ३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन्।
हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ।
केही समयअघि बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो।
सबै खेलमा राम्रो प्रदर्शन गरेको नेपाल फाइनलमा बङ्गलादेशविरुद्धको अन्तिम भिडन्तमा नेपाल ४–० ले पराजित भयो।
बङ्गलादेशमा सम्पन्न भएको साफ यु–२० मा नेपालले भुटानलाई दुई पटक फराकिलो अन्तरले हराएको थियो।
नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले आफ्नो टिम यु–२० महिला एसियन कपमा छनोट हुनेमा आफू ढुक्क रहेको बताए।
नेपालकी कप्तान बिर्सना चौधरीले सबै टोलीलाई ध्यानमा राखेर तयारी गरेको बताइन्।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया