
बिएल संवाददाता
प्रतिक्षित काठमाडौं म्याराथन २०२५ आगामी शनिबार, १ नोभेम्बर २०२५ मा आयोजना हुँदैछ।
एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनामा हुन लागेको म्याराथनका लागि early bird registration मा एक हजार जना सहभागीहरूले नाम दर्ता गरिसकेका छन्। पाँच हजार जनालाई दौडाउने आयोजकको लक्ष्य छ।
आयोजकले स्वास्थ्य, एकता र सहनशीलताको उत्सवमा सबैलाई सहभागी हुन आह्वान गरेको छ।
विद्यालयका विद्यार्थी, अनुभवी खेलाडी, शिक्षक, बैंकका कर्मचारी, व्यवसायी, रेस्टुरेन्टका कर्मचारीदेखि कम्पनीका सीईओसम्म सबै उमेर समूहका व्यक्तिहरूलाई काठमाडौं म्याराथनले एउटै मञ्चमा ल्याउने आयोजकले बताएको छ।
साना बालबालिकाहरू परिवारसँगै सहभागी हुन सक्ने फेमिली रनबाट सुरु हुँदै, ४० वर्षमाथि सहभागिका लागि Masters Category (४०+, ५०+, ६०+) समेत व्यवस्था गरिएको छ। विद्यालयका विद्यार्थीहरूको लागि ३ किमि School Run, सर्वसाधारणका लागि ३ किमी Open Run, ५ किमी Open Run र १० किमी Open Run उपलब्ध छ।
कर्पोरेट तथा अन्य समूहको लागि Group Run को पनि व्यवस्था गरिएको छ।
‘खेलकुद सबैका लागि हो, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ भन्ने सन्देशसहित म्याराथन आयोजना हुन लागेको हो।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया