बिएल संवाददाता
एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को दोस्रो सिजनका लागि कर्णाली यशभिसले धमाधम विदेशी खेलाडी अनुबन्ध गरेको छ।
ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको गरेको केही दिनभित्रै अर्की चर्चित ब्राजिलका महिला भलिबल खेलाडी मायरा भिटोरियालाई अनुबन्ध गरेको छ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धाका लागि कर्णाली यशभिसले सेटर आना फ्लाभिया र मायरा भिटोरियालाई अनुबन्धित गरेको हो।
पहिलो संस्करणको विजेता कर्णाली यशभिसले दोस्रो संस्करणमा पनि जित निकाल्नका लागि ब्राजिलका महिला भलिबल खेलाडीहरू अनुबन्ध गरेको हो।
यसअघि कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया