बिएल संवाददाता
एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को दोस्रो सिजनका लागि कर्णाली यशभिसले धमाधम विदेशी खेलाडी अनुबन्ध गरेको छ।
ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको गरेको केही दिनभित्रै अर्की चर्चित ब्राजिलका महिला भलिबल खेलाडी मायरा भिटोरियालाई अनुबन्ध गरेको छ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धाका लागि कर्णाली यशभिसले सेटर आना फ्लाभिया र मायरा भिटोरियालाई अनुबन्धित गरेको हो।
पहिलो संस्करणको विजेता कर्णाली यशभिसले दोस्रो संस्करणमा पनि जित निकाल्नका लागि ब्राजिलका महिला भलिबल खेलाडीहरू अनुबन्ध गरेको हो।
यसअघि कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया