सोमबार, १७ नोभेम्बर २०२५

‘डिसहोम गो’बाट कसरी हेर्ने एनपीएल लाइभ?

News Image
• • •

क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) बाट प्राप्त OTT प्रसाारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (NPL) दोस्रो संस्करणका सबै ३२ खेल अब DishHome GO एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पूरा गरेको छ।

सोमबारबाट सुरु भएको एनपीएल डीसहोम गोमा लाइभ स्ट्रिमिङ सुरु गरिएको हो। प्रतियोगिता मंसिर १ गतेबाट सुरु भएको एनपीएल मंसिर २७ मा समापन हुनेछ।

NPL 2 को प्रत्यक्ष प्रसारण DishHome GO एप तथा वेबसाइटबाट मात्रै हुनेछ, YouTube मा स्ट्रिमिङ हुने छैन। सम्पूर्ण खेल बिना विज्ञापन (Clean Feed) प्रसारण हुनेछ, जसले दर्शकलाई अत्याधुनिक र उच्च गुणस्तरको बिना विज्ञापनको अनुभव दिलाउँछ।

सरल र सुविधाजनक भुक्तानीहरू eSewa, Khalti, VISA र MasterCard 

नेपाली प्रिमियर लिग (NPL) २ का सबै खेल अब DishHome GO मार्फत मोवाइल वालेटमार्फत - eSewa, Khalti र अन्तर्राष्ट्रिय कार्डमार्फत
 VISA र MasterCard बाट देश-विदेशका दर्शकका लागि सहज अनलाइन भुक्तानी सुविधा उपलब्ध गराएको छ।

दर्शकले आफ्नो सक्रियता यी जुनसुकै माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।

दर्शक जहाँ भए पनि, आफ्नो मोवाइल, ल्यापटप वा टिभीबाट सुरक्षित र छिटो रुपमा भुक्तानी गरि NPL हेर्न सक्नेछन्। यो Season Pass खरिदपछि आफूलाई सहज हुने Mobile App वा Web Brower बाट हेर्न सक्नेछन्।

सब्क्रिप्सन शुल्क

NPL 2 को सम्पूर्ण टुर्नामेन्ट (सबै खेल) देखाउनका लागि

नेपालभित्रका दर्शकका लागि ३०० रुपैयाँ

मध्यपूर्व (Middle East) का दर्शकका लागि ५०० रुपैयाँ

अन्य सबै देशका दर्शकका लागि १० अमेरिकी डलर

एकपटक सक्रिप्शन लिएपछि दर्शकले प्रतियोगिता भर DishHome GO मा लाइभ स्ट्रीम, पुनः-प्रसारण तथा अन्य सामग्री हेर्न सक्नेछन्। 

कहाँ-कहाँबाट हेर्न सकिनेछ?

DishHome GO निम्न प्लेटफर्महरूमा उपलब्ध छ–

मोबाईल एप (Android, iOS)

Android TV

वेब ब्राउजर (Website मार्फत)

नयाँ दर्शकको DishHome GO एप Google Play Store साथै iOS एप को App Store मा उपलब्ध छ। सजिलै साझेदारी गर्न, रजिस्ट्रेशन गर्न र दर्शकको लागि विज्ञापन रहित स्ट्रिमिङ गर्न साथै स्पोर्ट्सको लागि पनि जुनसुकै समयमा उपलब्ध हुनेछ।

उच्च गुणस्तरको स्ट्रिमिङका लागि विश्वसनीय साझेदारी–

उच्च गुणस्तरको भिडियो स्ट्रिमिङ र विश्वसनीय सेवाका लागि DishHome GO लेः

Mobiotics - अन्तर्राष्ट्रिय OTT समाधान प्रदायक (ICC Champions Trophy को दौरान २ मिलियनभन्दा बढी concurrent viewers को ट्राफिक ह्यान्डल गरेको अनुभव)

Akamai- विश्वविख्यात cloud/ content delivery प्रदायक, जसले Hotstar-मार्फत IPL स्ट्रिमिङका ठूलो स्ट्रिमिङ रेकडर्सहरूलाई सपोर्ट गरेको इतिहास राख्छ।

जस्ता अग्रणी प्रविधि साझेदारहरूसँग साझेदारी गरेको छ जसले NPL 2 को स्ट्रिमिङलाई अझै सिधा, तीव्र र उच्च रेजोलुसनमा उपलब्ध गराउनेछ।

DishHome को भनाइ

“Nepali Premier League 2 मार्फत हामीले नेपाली क्रिकेटलाई डिजिटल प्लेटफर्मबाट विश्वभर पुऱ्याउने लक्ष्य राखेका छौं। eSewa, Khalti, VISA र MasterCard जस्ता लोकप्रिय भुक्तानी माध्यम उपलब्ध गराएर दर्शकका लागि लिने प्रक्रिया अझ सरल, सुरक्षित र सरलकृत बनाएका छौं।

DishHome GO को सेवा प्रति देश र विदेशमा अत्याधिक चासो र सकारात्मक प्रतिक्रिया आएको व्यवस्थापन ले जानकारी दिएको छ।

NPL Season 2 को लागि आधिकारिक OTT Platform DishHome GO एप वा DishHome को आधिकारिक वेबसाइट बाट हेर्न सकिन्छ र DishHome GO बाहेक कुनै पनि OTT प्लेटफार्ममा उपलब्ध नहुने पनि आधिकारिक जानकारी गराउँछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!