महेश चौलागाईं
जुम्लाको पातारासी गाउँपालिका-३ स्थित लौडचौरमा रहेको कर्णाली हाई अल्टिच्युट टेनिङ रंगशालाका लागि विनियोजन भएको पाँच करोड ६६ लाख ५० हजार रुपैयाँ फ्रिज भएको छ।
गत आर्थिक वर्ष ०८१/८२ मा विनियोजन भएको सो बजेट फ्रिज हुँदा हाई अल्टिच्युट रंगशालाको निर्माण कार्य अन्योलमा परेको छ।
रंगशाला निर्माणका लागि सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाले दुई करोड २९ लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्ले तीन करोड ३७ लाख बजेट विनियोजन गरेको थियो।
परिषद्ले निकासा गरेको रकममध्ये ६३ लाख रुपैयाँको मात्र काम भएको छ। राखेपको सबै बजेट फ्रिज भयो।
जग्गा विवादका कारण काम नै हुन नसक्दा गत आर्थिक वर्षमा आएको बजेट फिर्ता भएको आयोजना जुम्लाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
मालिका माध्यमिक विद्यालयको मैदान र स्थानीयका जग्गामा सात वर्षअघि बहुउद्देश्यीय हाई अल्टिच्युट रंगशालाको निर्माण कार्य सुरु भएको थियो। तर, जग्गा विवादले सात वर्षसम्म पनि रंगशालाले पूर्णता पाउन नसकेको खड्काले बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया