महेश चौलागाईं
जुम्लाको पातारासी गाउँपालिका-३ स्थित लौडचौरमा रहेको कर्णाली हाई अल्टिच्युट टेनिङ रंगशालाका लागि विनियोजन भएको पाँच करोड ६६ लाख ५० हजार रुपैयाँ फ्रिज भएको छ।
गत आर्थिक वर्ष ०८१/८२ मा विनियोजन भएको सो बजेट फ्रिज हुँदा हाई अल्टिच्युट रंगशालाको निर्माण कार्य अन्योलमा परेको छ।
रंगशाला निर्माणका लागि सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाले दुई करोड २९ लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्ले तीन करोड ३७ लाख बजेट विनियोजन गरेको थियो।
परिषद्ले निकासा गरेको रकममध्ये ६३ लाख रुपैयाँको मात्र काम भएको छ। राखेपको सबै बजेट फ्रिज भयो।
जग्गा विवादका कारण काम नै हुन नसक्दा गत आर्थिक वर्षमा आएको बजेट फिर्ता भएको आयोजना जुम्लाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
मालिका माध्यमिक विद्यालयको मैदान र स्थानीयका जग्गामा सात वर्षअघि बहुउद्देश्यीय हाई अल्टिच्युट रंगशालाको निर्माण कार्य सुरु भएको थियो। तर, जग्गा विवादले सात वर्षसम्म पनि रंगशालाले पूर्णता पाउन नसकेको खड्काले बताए।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया