बिएल संवाददाता
नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले राजीनामा दिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै उनले नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको जानकारी दिएका हुन्।
एन्फाले केही साताअघि मुख्य प्रशिक्षक प्याट्रिकसँग उज्वेकिस्तानमा भएको घटनाको विवरण पठाउन भन्दै स्पष्टीकरण सोधेको थियो। जवाफमा प्याट्रिकले एन्फा भित्रको राजनीति र अहिलेकै अवस्थामा व्यवस्थापनसँग काम गर्न नसक्ने उल्लेख गर्दै राजीनामा पठाएको स्रोतले जानकारी दियो।
एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा भएको खेलमा कप्तानीको विषयमा विवाद भएपछि एन्फाका अफिसियल र मुख्य प्रशिक्षकबीच विवाद भएको थियो।
कप्तानी विषयमा विवाद भएपछि एन्फाका अफिसियल टोलीले पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक प्याट्रिकमाथि सबै दोष थोपरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया