बिएल संवाददाता
कर्णाली याक्स स्पोर्ट्स प्रालिले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ।
कर्णाली याक्सले सोमबार मल्ललाई टिमको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशकको रूपमा नियुक्त गरेको घोषणा गरेको हो। कर्णालीमा उनको यो दोस्रो कार्यकाल हुनेछ। यसअघि पनि मल्ल कर्णालीकै प्रशिक्षक थिए।
पहिलो सिजनमा याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।
‘नेपाली क्रिकेटमा लामो समयदेखिको सफल यात्राबाट मल्लले प्राप्त गरेको अनुभव, रणनीतिक सोच र नेतृत्व क्षमताले कर्णाली याक्सलाई प्रतिस्पर्धात्मक रूपमा थप सशक्त बनाउने हाम्रो विश्वास छ। उनको मार्गदर्शनमा टिमले अनुशासित तयारी, सामूहिक प्रतिबद्धता र उत्कृष्ट प्रदर्शनमार्फत मैदानमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ,’ याक्सले मल्ललाई दोहोर्याएपछि भनेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया