बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुर्याउनु चुनौती रहेको बताएका छन्।
बुधबार (हिजो) काठमाडौंमा आयोजित गुणस्तरिय शिक्षाका लागि महाअभियान राष्ट्रिव्यापी शैक्षिक सांगीतिक यात्रा नामक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैज्ञानिक, प्राविधिक र व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा नराख्ने हो भने विद्यार्थीले सीप सिकेर रोजगारी प्राप्त गर्न नसक्ने स्पष्ट पारे।
उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो औँल्याए।
दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। शैक्षिक सचेतनामूलक कार्यक्रमका माध्यमबाट शिक्षामा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र मुलुककै शिक्षामा परिवर्तन हुने विश्वास उनले व्यक्त गरे।
‘सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो छ। दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ। शैक्षिक सचेतनामूलक कार्यक्रमका माध्यमबाट शिक्षा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र मुलुककै शिक्षामा परिवर्तन हुन्छ,’ उनले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया