बिएल संवाददाता
उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०८१–०८२ मा दर्ता भएका कुल मुद्दामध्ये ७२ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चार प्रतिशतले फछर्यौट दरमा कमी देखिए पनि अदालतले समग्र कार्यसम्पादन सन्तोषजनक रहेको जनाएको छ।
आर्थिक वर्ष २०८०–०८१ मा अदालतले ७६ प्रतिशत मुद्दा फछर्यौट गरेको थियो ।तर चालु आवमा मुद्दा दर्ता संख्या बढेकाले प्रतिशतमा गिरावट आएको बताइएको छ। एक अदालत अधिकृतका अनुसार, ‘मुद्दाको सङ्ख्या उल्लेख्य रूपमा बढेका कारण घटेको प्रतिशतलाई पनि सन्तोषजनक मान्न सकिन्छ।’
२०७८–७९ मा दर्ता भएका १ हजार ७ सय २७ मुद्दामध्ये १ हजार २ सय ४७ मुद्दा फछर्यौट भएका छन्।
अघिल्लो आवमा १ हजार ६ सय १९ मुद्दा दर्ता भएका थिए, जसमध्ये १ हजार २ सय ४५ मुद्दा टुंग्याइएको थियो।
चितवन र मकवानपुर जिल्लालाई कार्यक्षेत्रका रूपमा लिएको हेटौंडा इजलासमा एक वर्ष र दुई वर्षभन्दा पुराना मुद्दा शून्य छन्, जसले अदालतको सक्रियता र समयमै न्याय दिन खोजिएको संकेत गर्छ।
सात न्यायाधीशको दरबन्दी रहेको इजलासमा हाल पाँच जना मात्र कार्यरत छन्।
विशेष उल्लेखनीय कुरा के छ भने, कार्यरत सबै न्यायाधीश महिला हुन्, जुन लैंगिक समावेशीताको दृष्टिले प्रशंसनीय मानिएको छ।
उच्च अदालत पाटन हेटौंडा इजलासले निष्पक्ष, शीघ्र र प्रभावकारी न्याय प्रणालीको उदाहरण प्रस्तुत गर्दै आएको भन्दै स्थानीय कानुन व्यवसायी तथा नागरिकले समेत सकारात्मक प्रतिक्रिया दिएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया