बिएल संवाददाता
साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ।
मंगलबार स्वदेश फर्किएका टोलीलाई एयरपोर्टमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए।
च्याम्पियनसिपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेकी खेलाडी पूर्णिमा राईले अन्तिममा आएर बंगलादेशसँगको खेलमा हार व्यहोर्नपर्दा दुःख लागेको बताइन्।
उनले भनिन्, ‘धेरै मेहेनतका साथ खेलेका हौं। आफ्नो तर्फबाट सक्नेजति गरें। त्यसैमा खुसी छु। नमिठो हार व्यहोर्नु पर्दा दुःख लागेको छ। तर मेरो टार्गेट भनेको छिटो भन्दा छिटो राष्ट्रिय टिममा खेल्ने नै हो।’
उनले उचित क्याम्प र ट्रेनिङ हुन नसक्दा खेल बंगलादेशसँग पराजित हुन पुगेको पनि बताइन्।
बंगलादेशमा सोमबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४-० गोलअन्तरले पराजित भएको थियो।
नेपालले श्रीलंका र भुटानविरूद्धका दुवै खेलमा जित निकाले पनि बंगलदेशविरूद्धका दुवै खेलमा पराजित भएको हो।
नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग ३-२ गोलले पराजित भएको थियो।
डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा यसअघि नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७-० गोलले हराएको थियो।
यस्तै भुटानलाई ६-१ र ८-० गोलले हराएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया