
पुल भत्किँदा बनेपा-नाला-भक्तपुर सडक खण्ड अवरुद्ध
बनेपा-नाला-भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुण्यमती खोलाको पुल भत्किएको छ। पछिल्लो समय भएको भारी वर्षाका कारण बनेपा नगरपालिका-१ नाला-भक्तपुर सडक अन्तर्गतको उक्त पुल भत्किएको हो। अरनिको राजमार्गको बैकल्पिक बाटोको रुपमा रहेको यो सडक पुल भत्किएपछि पूर्ण रुपमा ठप्प भएको छ।

बिएल संवाददाता - काठमाडौं