बिएल संवाददाता
भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि नेकपा (एमाले)द्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ।
नेकपा (एमाले)ले हिजो पार्टीका सचिव तथा बाग्मती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गरी समितिमा रहेका सदस्यहरूलाई जिल्लामा संयोजन गर्ने गरी कार्यविभाजन समेत गरेको थियो।
सो अनुसार नुवाकोट जिल्ला संयोजकको जिम्मेवारी पाएका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रुपनारायण श्रेष्ठको नेतृत्वमा युथ भोलेन्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठ लगायतको एउटा टोली भोटेकोशी विपद् पीडितहरुलाई निःशुल्क खानाको व्यवस्थाका लागि आवश्यक खाद्यसामग्रीसहित नुवाकोट प्रस्थान गरेको छ।
यसैगरी, रसुवा जिल्लाका लागि संयोजक तोकिएका पार्टीका केन्द्रीय सदस्य तथा जिफण्टका अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको अर्को टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने तयारी भइरहेको छ, भने धादिङ र चितवन जिल्लाको संयोजकको जिम्मेवारीमा रहेका बागमती प्रदेश कमिटीका उपसचिव रमेश आचार्य नेतृत्वको टोली पनि त्यसतर्फ प्रस्थान गर्ने तयारी गरिरहेको छ।
सबै टोलीमा पार्टीका जनसङ्गठनहरु, पार्टीका प्रदेश र जिल्ला कमिटीहरू परिचालित हुने व्यवस्था समितिको कार्यविभाजनमा गरिएको छ।
पार्टीका सचिव तथा बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समितिका संयोजक महेश बस्नेतले नुवाकोटमा खटिएको टोलीलाई आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरबाट विदाई गरे। राहत सामग्री वितरणको काम प्रदेश, स्थानीय तह, स्थानीय प्रशासन र पीडितहरूसँगको समन्वयमा गरिने उनले बताए। टोलीले बाढी प्रभावित क्षेत्रमा पीडितलाई खाना खुवाउनका लागि फुड स्टेशन खडा गर्ने भएको छ।
पार्टीले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तिव्रता दिन १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
राष्ट्रिय युवा संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युथ भोलेन्टियर फोर्स, जिफन्ट लगायत नेकपा (एमाले)का जनसंगठनहरू र स्थानीय पार्टी कमिटी भोटेकोशी बाढीपीडितको उद्धार र राहत वितरणका लागि भदौ १० गतेदेखि नै प्रभावित जिल्ला र क्षेत्रमा परिचालित रहेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया