बिएल संवाददाता
मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्दै लैजाने निर्णय गरेको छ।
बैठकमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्ने र राजनीतिक दलहरूले आवश्यक सहयोग तथा समर्थन गर्ने विषयमा समेत छलफल भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनका अनुसार केन्द्रमा सरकार भएजस्तै प्रदेश र स्थानीय तहमा पनि सरकार रहेकाले उद्धार तथा राहतका काममा तीनै तहका सरकारलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय भएको हो।
उनले भने, ‘केन्द्रमा जुन किसिमले सर्वदलीय संयन्त्र बनायौँ, त्यही किसिमको संयन्त्र तल्लो तहसम्म सम्प्रेषित गर्दै लाने निर्णय भएको छ। संविधान वा कानुनी रूपमा दिइएको विशेष अधिकार प्रयोग गरेर काम गर्ने भन्नेछ। कुनै मुचुल्काका लागि कुनै राजनीतिक दलभन्दा वडा अध्यक्ष नै चाहिन्छ, कानुनी प्रबन्ध पनि त्यही छ। त्यसैले उद्धार र राहतमा तीनै तहको सरकार समन्वय गरेर जनतालाई बढीभन्दा बढी प्रभावकारी राहत र उद्धार कार्य र संगठित प्रयास गर्ने कुरामा होस् भन्ने आजको निर्णय हो।’
सर्वदलीय बैठकले विपद्को समयमा राजनीतिक दलहरूबीच सहकार्य र समन्वय गर्दै पीडितको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ।
‘पार्टीको ब्याकअप सपोर्ट छ, यसमा कोही पार्टी अलग–अलग छैन। हामी सबैको एउटै कुरा पीडित जनताको साथमा रहनुपर्यो। उद्धार र राहतमा संलग्न हुनुपर्यो। यसमा कुनै राजनीतिकरण गर्नुपर्ने विषय नै छैन। यो संवेदनशील विषयमा राजनीतिकरण गर्नु पनि अपराध हो,’ उनले भने।
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया