बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै अध्यक्ष मण्डलका सदस्य उदयबहादुर राना ‘दीपक’लाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छ।
पार्टीले आइतबार जारी गरेको प्रेस वक्तव्यमा दीपकमाथि पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको, पार्टीभित्र गुटबन्दी र विभाजनको प्रयास गरेको तथा षड्यन्त्रपूर्ण गतिविधिमा मुख्य भूमिका खेलेको आरोप लगाइएको छ।
वक्तव्यअनुसार पार्टीले यसअघि पनि केही नेताकार्यकर्ताले गैरजिम्मेवार ढंगले पार्टीविरोधी गतिविधि गर्दै आएको भन्दै उनीहरूलाई समय–समयमा छलफल, बहस, स्पष्टीकरण र आत्मालोचनाको अवसर दिँदै आएको थियो। तर, चेतावनी र छलफलका बाबजुद पार्टीलाई फरक दिशातर्फ लैजाने, गुटबन्दी गर्ने र विभाजनकारी गतिविधि अघि बढाइएको पार्टीको आरोप छ।
पछिल्लो समय देश बाढी र विपद्को चपेटामा परेपछि राष्ट्रिय सम्मेलन स्थगित गरी पीडित जनताको उद्धार तथा राहतमा जुट्न पार्टीले अपिल गरेको थियो। तर, उक्त अपिल र पार्टीको सर्कुलरविपरीत गतिविधि गर्दै पार्टी कार्यालयलाई जानकारी नै नदिई बैठकका लागि परिपत्र जारी गरिएको वक्तव्यमा उल्लेख छ।
पार्टीले दीपकले पार्टीको नीति र विधिविपरीत गुटबन्दी तथा षड्यन्त्रपूर्ण तरिकाले गतिविधि सञ्चालन गर्न मुख्य भूमिका खेलेको निष्कर्ष निकालेको जनाएको छ।
यसै आधारमा पार्टी विधानको भाग ५, धारा २७ बमोजिम अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दीपक’ लाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको जनाइएको छ।
पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूलाई अर्थवाद, षड्यन्त्रकारी, गुटवादी, विभाजनकारी, अवसरवादी तथा अराजकतावादी गतिविधिको भ्रममा नपर्न पनि अपिल गरेको छ।
१५ भदौ २०८३ मा जारी वक्तव्यमा पार्टी अध्यक्ष कञ्चनले पार्टीको निर्णयप्रति सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार र अनुशासित बन्न आग्रह गरेका छन्।
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया