बिएल संवाददाता
क्रिवि त्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको दुई वटा खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरका १६ वर्षे राहुल यादव चर्चामा छन्।
पहिलो खेलको पहिलो बलमै विकेट र दोस्रो खेलमा चार विकेट ल्याएर प्लेयर अफ द म्याच बनेपछि उनको चर्चा सुरु भएको हो।
राहुल बिहीबारको खेलमा हजारौं दर्शकबिच पोस्ट म्याच सेरोमनी र देशका प्रायः सबै प्रमुख सञ्चारमाध्यमबीच पोष्ट म्याच पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए।
अहिले थुपै सञ्चारमाध्यमहरुले उनको अन्तरवार्ता लिने भएपछि ध्यान भंग गर्न सक्ने भन्दै टिम म्यानेजरले अन्तरवार्तामा रोक लगाएका छन्।
देशभर उनको बारेमा एउटै जिज्ञासा छ–‘वर्षौंदेखि क्रिकेट खेलिरहेका सयौं खेलाडीमध्ये नपरेका एनपीएल टोलीमा १६ वर्षे युवालाई कसरी चयन गरियो र प्लेइङ इलेभनमा राखियो?’
जनकपुर बोल्टसका टिम व्यवस्थापक अनुज जैसवालका अनुसार दशैंअघि मधेशका सबै जिल्लाबाट कुनैपनि लिग वा उमेर समूहको टिममा नरहेका कुल ४ सय ४६ जनामा प्रतिस्पर्धा गराएर राहुलको छनोट गरिएको हो।
रौतहटमा गरिएको उक्त छनोटमा स्थानीय एकाडेमीमा खेलीहरहेका राहुल छनोटमा परेका थिए।
राहुल मात्र होइन उनीसँगै १० जना पनि छानिएका र उनीहरुलाई समावेश गरेर ‘डेभलपमेन्ट स्क्वायड’ बनाइएको हो।
जनकपुरले एनपीएलको पहिलो संस्करणमा विशाल सुसलिङलाई ट्यालेन्ट हन्टमार्फत भित्र्याएको थियो।
उनै विशाललाई अक्सनमार्फत भिर्त्याएको छ। यसैगरी पप्पु यादवलाई पनि अहिलेको टोलीमा समावेश छन्।
यसैगरी नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम कर्णाली याक्सले एक्स्ट्रिम कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ।
दैलेखबाट हिक्मत बहादुर शाही, रूकुमबाट भुवन भण्डारी र सुर्खेतबाट कैलाश खड्का छनोट भएका हुन्।
यो पटक कर्णाली याक्सले सुर्खेत र सल्यानगरी दुई स्थानमा ट्यालेन्ट हन्ट गरेको थियो।
सुर्खेतमा २ सय ६ र सल्यानमा १ सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी भएका थिए।
कर्णाली याक्सका कन्सल्टेन्ट प्रशिक्षक राजु बस्न्यातको नेतृत्वमा ट्यालेन्ट हन्ट सम्पन्न भएको हो।
टोलीकी प्रमुख संयोजक सरिता श्रेष्ठका अनुसार तिनै तीन जना मध्ये हिक्मत बहादुर शाही छनौट भएका हुन्।
यसैगरी पोखरा एभेन्जरर्सले गण्डकी प्रदेशका स्याङ्जा र पोखरामा कार्यक्रम राखेर पहिले नेटमा बलिङ र ब्याटिङमा उत्कृष्ट खेलाडी छानेको थियो।
यसरी कुल १ सय ५६ जना मध्ये छानेर दुई टोली बनाइ पुनः ‘पोखरा एभेन्जर्स ग्रिन र पोखरा एभेन्जर्स रेड’ का रूपमा प्रतिस्पर्धा गराइएको थियो।
त्यसबाट ‘गण्डकी हिरो’ का रूपमा चार जनालाई क्याम्पमा तालिम गराइएको थियो। तिनै मध्यका एक विश्वास पराजुलीलाई ‘आईकोनिक प्लेयर’का रूपमा एनपीएल टोलीमा समावेश गरिएको हो।
यसैगरी लुम्बिनी लाइन्सले प्रदेशका १२ जिल्ला १२ टोलीबिच प्रतियोगिता गराएर एकै खेलमा आठ विकेट लिएका १७ वर्षीय करण घर्ती मगरलाई टोलीमा स्थान दिएको छ।
क्यानका बोर्ड सदस्य एवं एनपीएल प्रतियोगिता निर्देशक धिरेन्द्र साउदका अनुसार नयाँ प्रतिभालाई स्थान दिन पहिलो सँस्करण देखिनै मार्क कि प्लेयर र अक्सनबाट खेलाडी चयन गरेसँगै कम्तिमा एउटा खेलाडी ट्यालेन्ट हन्टबाट ल्याउनुपर्ने व्यवस्था गरेको हो।
‘यसले भर्खरै आफ्नो प्रतिभा तिखार्दै गरेका नव युवाले स्थापित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग ड्रेसिङ रूम शेयर गर्ने र धेरै कुरा सिक्ने मौका पाउनेछन्,’ उनको भनाइ छ।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया