आइतबार, ३० अगस्ट २०२६

बालेनले भेट नदिएपछि रविलाई भेटेर बागमतीका मुख्यमन्त्रीको गुनासोः संघ सरकारले समन्वय नै गरेन

News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाहले भेट नदिएपछि बागमती प्रदेशका मुख्य किरण थापामगर रास्वपा सभापति रवि लामिछाने भेट्न घण्टीघर पुगेका छन्।

लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापाले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतमा संघ सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय नै नगरेको गुनासो गरेका छन्।

उनले तीन तहमा सरकार कसले के काम गर्ने हो भन्ने नै छुट्याउन नसकेको र तीन तहका सरकारकाबीच समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको पनि बताए। 

लामिछानेसँग उनले प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएको गुनासोसमेत गरे। बाढी प्रभावितका लागि पठाइएको राहत सामग्री नुवाकोटको बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्‍याउन केन्द्र सरकारको सहयोग चाहिने मुख्यमन्त्रीले बताए।

जवाफमा रास्वपा सभापति लामिछानेले यस्तो विपद्को समयमा प्रदेश सरकारले स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका खेल्नुपर्ने सुझाव दिँदै संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

रास्वपा सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच भएको भेटवार्ताको सारसंक्षेप–

मुख्यमन्त्री किरण थापा

• तीन तहका सरकारबीच समन्वय हुन सकेको छैन । जसका कारण प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेका छौँ।
• प्रधामन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएकोमा दु:ख ब्यक्त।
• तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक छ। 
• प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथी पुर्याउन असहज भएको छ। 
• जलवायु परिवर्तनको खसर लामो भएकाले खोला किनारबा बस्तीहरु स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढंगबाट काम गर्नुपर्ने देखियो। 

रास्वपा सभापति रवि लामिछाने

• यस्तो विपद्को समयमा स्थानीय र संघिय सरकारलाइ जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्छ। 
• यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्नेकुरामा हामी सचेत छौँ। 
• संघिय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिवद्दता ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!