फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रुप (एपीजी)ले तेस्रो पारस्परिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय सहयोग नियन्त्रणसम्बन्धमा नेपालका विभिन्न कमजोरीहरु औंल्याएको छ ।
नेपाली सेनासँगको संयुक्त अभ्यास गर्न अमेरिकी सेनाको विशेष फौज बिहीवार अमेरिकी वायु सेनाको जहाजमा काठमाण्डू ओर्लिएको छ।
हाम्रो नेपाली समाजमा आमाबाबुहरू आफ्ना साना छोराछोरीको भविष्यप्रति निकै चिन्तित रहन्छन्। म सानो छँदा पनि मेरो भविष्यलाई लिएर आमाबुबामा चिन्ता देख्थेँ।
महिलाले महिला सशक्तीकरणको बिगुल फुक्नुपर्छ, तर महिलाले नै विकृति जन्माइरहेका छन् भने सो विरुद्ध आवाज उठाउन र कलम चलाउन भने पक्कै छाड्नुहुन्न ।
‘नेपालमा रोजगारी छैन । एसएलसी तथा उच्च तहको अध्ययन सकेपछि अब त विदेश जाने तयारी गर्छु । यहाँ भविष्य पनि बन्दैन । विदेश गएर टन्न पैसा कमाएर फर्कन्छु’, पछिल्लो समयका नयाँ युवा पुस्तालाई अब के गर्छौं भनेर सोध्दा पाइने उत्तर हो यो ।
संघ, प्रदेश र स्थानीय सरकारले छुट्टाछुट्टै किनेका, अस्पताल आफैंले खरिद गरेका र विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भेन्टिलेटरहरूको सदुपयोग नगर्दा राज्यको अर्बौं रुपैयाँ लगानी बालुवामा पानीसरह बन्न पुगेको छ।
बडीमालिका ८ मा बडीमालिका मन्दिर स्थापना गरिएको छ। बडीमालिका धार्मीक यात्राको प्रवेशद्धवारमा स्थापना गरिएको मन्दिरमा हरेक चाड पर्वको अवसर पारी मेला लाग्ने गरेको छ। पुजाका लागि मन्दिर पुगेका युवतीहरुलाई बडीमालिका नगरपालिका ८ का दलबहादुर रावलले तिमीहरुको हक छैन्, भन्दै टिका लगाउन अस्वीकार गरेका हुन्।
भारत आफूले विद्युत व्यापार सम्झौता नगरेको देशले नेपालमा बिजुली उत्पादन गरे पनि किन्दैन। जसले गर्दा १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्न भारतले सम्झौता गर्ने तयारी गरे पनि ढुक्क हुन नसकिने विज्ञ बताउँछन्।
बागमती प्रदेशका यातायात कार्यालयहरूले कानुनको आफूखुसी व्याख्या गरी सवारीसाधन नवीकरणमा अवैध रूपमा राजस्व उठाइरहेका छन् । नवीकरण अवधि सकिएको एक वर्ष पनि नपुग्दै बागमती प्रदेशका सबै यातायात कार्यालयले अवैध रूपमा चार गुणाभन्दा धेरै नवीकरण जरिवाना लिने गरेका छन् ।
नेकपा एमालेको दसौं महाधिवेशनपछि भएको प्रदेश अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न–गराउन दिएको निर्देशन लुम्बिनी प्रदेशमा अवज्ञा भएको छ।
प्रदीप गिरी मेरो गुरुतुल्य हुनुहुन्थ्यो । म भित्री ह्दयबाट उहाँलाई गुरु मान्दथे । उहाँले बनारसदेखी भिमसेनगोलासम्म सुनाएका धेरै कुरा मेरो लागि शिक्षा थियो । प्रदीप गिरीका कैयौं गुण र विशेषता अविस्मरणीय र उत्प्रेरक छन् । उहाँको विलक्षण प्रतिभा, ज्ञान र वौद्धिकताको अद्भुत भण्डार , असाधारण स्मरण शक्ति र अध्ययनशिलता, प्रभावकारी प्रस्तुति र निष्पृह जीवनशैली– कसै कसैलाई भविष्यमा किम्बदन्ती लाग्न सक्छ । आफूले प्रतिबद्धता व्यक्त गरेको मूल्य मान्यता, सिद्धान्त एवं नैतिकताप्रति अटल निष्ठाको प्रतिक हुनुहुन्थ्यो प्रदीप गिरी ।
उनको घरको नल्काको पाइप १४५ फिट गाडिएको छ तैपनि सुख्खा मौसममा पानी आउँदैन। छिमेकमा जानु परेपछि पानी बोकेर ल्याउनुपर्ने भयो। यसले गर्दा काम बढ्यो।
ब्यांकिङ क्षेत्रको तीन दशक लामो अनुभव हासिल गरेका अनिलकेशरी शाह गत असार पहिलो साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे। उनी अहिले पार्टीको तालीम विभाग प्रमुखको जिम्मेवारीमा छन्।
'बाँदर व्यवस्थापन’ सबैभन्दा चुनौतीपूर्ण विषय हो, जसको आज नेपालका वन तथा वन्यजन्तु व्यवस्थापकहरूले सामना गरिरहेका छन् । एकातिर बाँदरको सांस्कृतिक, वैज्ञानिक र आर्थिक महत्त्व छ भने अर्कोतिर आज पनि बाँदरको ठूलो उपद्रवले समस्या निम्त्याइरहेको छ ।
गम्भीर अवस्थाका बिरामी पुग्नेबित्तिकै उपचार सुरु गर्ने र उच्च निगरानीमा राख्ने ठाउँ हो, अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्ष । तर, बालबालिकाका लागि देशकै विशिष्टीकृत मानिएको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म छटपटाउँदा पनि उपचार नपाएर एक बालिकाको ज्यान गएको छ ।
अष्टिम्कीमा व्रत बस्ने बिहान भाले बास्नु भन्दा पहिले डँट्कट्टन (दर खाने) खाइन्छ । यसका लागि अघिल्लो दिन नै माछा मारिन्छ । यदि कसैले भाले बासेपछि दर खायो भने ऊ जुठो परेको ठहरिन्छ र व्रत बस्न पाउँदैन ।
मंगलबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट १ हजार ५ प्रतिनिधिहरुको मतदानबाट नेताहरु निर्वाचित भए । मंगलबार सम्पन्न चुनावमा ४७९ मत ल्याएर राधाकृष्ण कँडेल प्रदेश अध्यक्षमा निर्वाचित हुँदा ४७७ मत ल्याएर हरि रिजाल पराजित भएका छन् ।
भारतको भन्दा ४४ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेको नेपालले सोमबार श्रीलंकाको क्यान्डीमा जारी एसिसी एसिया कपमा टेस्ट राष्ट्र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गरेको हो ।
यो प्रश्न उनले १० वर्षअघिसम्म पनि सुन्थे। प्रश्न सुनेर उनलाई डर लाग्थ्यो। आफ्ना हातगोडा नचलेको भन्दा पनि मान्छेहरूले गर्ने अमानवीय व्यवहारले उनलाई त्रसित बनाउँथ्यो।
आफ्ना जनता ‘आर्य’ हरूका लागि जमीन र पानी सुरक्षित गर्न दासहरूको पुर नष्ट गर्छन्। चार हजारदेखि तीन हजार वर्ष पहिला संस्कृत भाषामा रचिनुअघि नै ऋग्वेद करीब दुई हजार वर्षदेखि मौखिक रूपमा प्रसारित हुँदै आएको मानिन्छ।
राजाको कार्यक्रमको रेडियो नेपालमा प्रसारण गर्नुपर्ने भएकाले त्यसका लागि रेडियो नेपालको टोली खटिएको थियो। प्राविधिकहरू राजाको सवारी हुनुपूर्व नै त्यहाँ पुगेर प्राविधिक व्यवस्थापन गर्नुपर्दथ्यो।