नेकपा स्थापनाका ७५ वर्ष: गाैरवमय अतित, विकृत वर्तमान

Breaknlinks
Breaknlinks

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको छ। सुरुमा झण्डै आधा दर्जन व्यक्तिले स्थापना गरेको नेपाली कम्युनिस्ट आन्दोलन टुटफुट, विभाजन, उकाली ओराली गर्दै विभिन्न मोड र घुम्ती पार गर्दै अजङका पहिराहरूसँग ठोक्किँदै राष्ट्रिय, अन्र्तराष्ट्रिय प्रतिकुलतासँग जुध्दै मुलुकको एउटा  बलियो शक्तिका रुपमा स्थापित भएका छ। 

नेपालमा कम्युनिस्ट आन्दोलनका पछिल्ला ७५ वर्ष हेर्दा निकै रोमाञ्चक देखिन्छ। आर्थिक सामाजिक रुपमा पिछडिएको, अत्यन्त रुढिवादी, परम्परावादी चिन्तनको बाहुल्यता भएको ७५ वर्ष अघिको नेपाली समाजमा कम्युनिस्ट पार्टीको स्थापना र विकास चानचुने कुरा थिएन। कम्युनिस्ट पार्टी र आन्दोलनलाई यसको प्रारम्भिक दिनमै यसमा विरोधीहरूबाट थुप्रै झुुठा आरोप मात्र खेप्न परेन, ‘प्रजातान्त्रिक कालमा’ प्रतिबन्धसम्म भोग्नुुपर्यो। तथापी हरेक सङकटलाई झेल्दै चुनौतिहरूको सामना गर्दै नेपालको कम्युनिस्ट आन्दोलन निरन्तर अघि बढिरह्यो। 

नेपालमा कम्युनिस्ट आन्दोलनको यात्रा विगतमा अहिले जस्तो सहज थिएन। राज्यको दमन त यसले भोग्यो नै समाजको ठुलो र शक्तीशाली हिस्साबाट निरन्तर आरोप, लाञ्छना र छिछि दुरदुरसम्म भोग्यो। गरिब, किसान, मजदुर, जोताहाको पक्ष लिए वापत जातीय छुवाछुत र कट्टरताको विरोध गरेवापत महिला, दलित र परम्परागत रुपमा उत्पीडित वर्ग र समुदायको आवाज उठाएवापत कम्युनिस्टहरूले घनघोर तिरस्कार भोगे।

सामाजिक बहिस्कार, गाँउबाट निकाला जस्ता अकल्पनीय दुव्र्यवहार समाजको त्यसबेला निकै शक्तिशाली रहेको तप्काबाट भोग्नुुपर्यो। धेरै पछाडिको त के कुरा गरौँ कम्युनिस्टहरूको समेत संलग्नता भएको २०४६ सालको आन्दोलनको सफलतापछि पुुनः स्थापित बहुदलीय प्रजातन्त्रमा समेत ‘कम्युुनिस्टहरूले स्वास्नी छोराछोरी मान्दैनन्’ ‘कम्युुनिस्ट सत्तामा आएपछि ६० वर्ष पुगेपछि बुढाबुढीलाई गोली हानेर मार्दछन्’, ‘कम्युनिस्ट सत्तामा पुुगे सबै जनतालाई व्यारेकमा राख्दछन्, थाल थापेर भात खानुपर्दछ।’ जस्ता सयौँ कुप्रचार गरिएको कुरा त्यसबेला भोगेकाहरूको स्मृतिमा अझै ताजै छ। 

नेपाली समाजको आर्थिक सामाजिक वनोट र चिन्तनका दृष्ट्रिले प्रतिकुलता, राज्यको तिव्र दमन, भूराजनीतिक अप्ठेरो परिस्थिति, कम्युनिस्ट विरोधी अन्र्तराष्ट्रिय शक्तिहरूको योजनावद्ध षडयन्त्र, हजारौं झुठ्ठा आरोप र अकल्पनीय दमनका बाबजुत अत्यन्त सानो मात्रामा सुरु भएको २०१५ सालको प्रथम संसदीय आमचुनावमा जम्मा चार वटा सिट मात्र जित्न सकेको त्यसमा पनि गुुटै गुट र फुुटैफुुटले पनि क्षत विक्षत नेपाली कम्युुनिस्ट आन्दोलन यि सबै महासागरलाई झेल्दै निरन्तर अघि कसरी बढ्यो गहिरो अध्ययन र अनुसन्धानको विषय हो। यसको उत्तर सिमित रुपमा दिन पनि सकिँदैन। तथापी सारमा उत्तर दिने हो भने पुरानो पिढिका कम्युनिस्ट कार्यकर्ताहरूको कम्युनिस्ट आन्दोलन प्रतिको कठोर प्रतिबद्धता र इमान्दार समर्पण यसको प्रमुख कारक तत्व हो भन्न हिच्किचाउनु हुँदैन। 

त्यो प्रतिबद्वता र समर्पणले कम्युनिस्ट आन्दोलनमा मात्र बलियो उर्जा थिएन, मुलुकका लागि पनि ऐतिहासिक योगदान दियो। कम्युनिस्ट आन्दोलनले नेपाली समाजलाई पुरै आक्रान्त पारेको परम्परागत कट्टरपन्थ र रुढिवादसँग जुध्यो। पुर्पुरोमा लेखिएको छ भनेर भाग्यवादमा विश्वास गरेर समाजमा अपहेलित भएको ठुलो वर्गमा आफ्ना जायज हक अधिकारका लागि संघर्ष गर्न प्रेरित गर्यो, आत्मविकास पैदा गर्यो। जनताका जनअधिकार र जनजीवनका आन्दोलनहरूमा कहिले नेतृत्व गर्यो कहिले संलग्नता देखायो।

अहिले सत्ताका लागि राष्ट्रिय स्वाधिनताको प्रश्नमा समेत उदासीन हुने प्रवृत्ति देखिएपनि मूलभूत रुपमा नेपालमा कम्युनिस्ट आन्दोलन र राष्ट्रिय स्वाधिनताको आन्दोलन साथसाथै चले। विशेष भारतिय थिचोमिचो विरुद्व आमजनतामा चेतना जगाउने देखि त्यसको प्रतिरोध गर्ने कार्यमा नेपाली कम्युनिस्ट आन्दोलन अग्रणी रह्यो। 

तर सानो भएपनि जुुझारु र इमान्दार कम्युनिस्ट आन्दोलन जब ठुलो र शक्तिशाली हुन थाल्यो, यसमा क्रमशः विकृति र विसंगती देखिन थाले। विशेषतः कम्युनिस्ट पार्टिहरू सत्तामा पुुगेदेखि यस्ता विकृतिका र विसङ्गतीका पहाड नै देखिए। कम्युनिस्टहरूका लागि सत्ता, जनता र जनजिविकाका लागि हो भन्ने आफुले भन्दै र मान्दै आएको मान्यताबाट विशेषतः कम्युनिस्ट नेतृत्वले शब्दमा रटान नछोडेपनि व्यवहारमा त्यस मान्यताबाट क्रमश च्युत हुँदै गयो।

कम्युुनिस्ट पार्टीभित्र नेता पुददज्ने प्रवृति अत्यन्तै बलियो हुुन जाँदा, पार्टीभित्र जनवादी अभ्यास कमजोर हुँदा, अवसरवाद र नोकरशाही प्रवृत्ति बलशाली हुन जाँदा ति विकृति र विसङ्गती बेलैमा सच्चाउने अभ्यास हुन सकेन र आज नेपाली कम्युनिस्ट आन्दोलन विकृति र विसङ्गति बेलैमा सच्याउने अभ्यास हुुन सकेन र आज नेपाली कम्युुनिस्ट आन्दोलन विकृति र विसङ्गतिको थुप्रो जस्तो देखिने दुखद विडम्बना भोग्नुपरेको छ।

जुन–जुन आर्थिक सामाजिक मुद्दा लिएर हिजोको कठोर प्रतिकुुलतासँग लड्दै भिड्दै नेपाली कम्युनिस्ट आन्दोलन अघि बढ्यो, आज ती मुुद्दाप्रति कहिलेकाँही ओठेभक्ति  देखाएपनि व्यवहारमा ती मुद्दाबाट नेपालको कम्युनिस्ट आन्दोलन क्रमशः विमुख हुँदैछ। अर्काे शब्दमा भन्ने हो भने जुन जगमा उभिएर नेपाली कम्युनिस्ट आन्दोलन विशाल भयो त्यहीँ जगप्रति नै घनघोर उदासीनता देखा परेको छ। ‘हिजो सादा जिवन उच्च विचा’ र ‘कम्युुनिस्ट नैतिकता’ को सन्देश नेपाली समाजमा दिन सफल अहिलेका कम्युनिस्ट आन्देलनका नेताहरूको विलासी जीवन र वुर्जवाहरूमा समेत नदेखिने व्यक्तिगत वैभव प्रतिको लोभ विरक्त लाग्ने खालको छ।   

हिजो कम्युनिस्ट भन्दा सच्चा र इमान्दार भन्ने छवि अहिले पुरै फेरिएकोछ। हिजो माक्र्सवादप्रति गहिरो भावनात्मक आत्मबोध भएर कम्युनिस्ट हुने प्रवृत्ति विपरित समाजमा ठालु बन्न, सत्ताको औकात देखाउन, आफ्ना निहित स्वार्थ पुरा गर्न कम्युनिस्ट पार्टीमा लाग्ने चरम अवसरवादी प्रवृत्ति देखा परेको छ। हिजो महिला, विद्यार्थी, किसान, मजदुर लगायत उत्पीडित वर्गको पक्षमा शसक्त रुपमा आन्दोलित नेपालको कम्युनिस्ट आन्दोलन अहिले चुपचाप झैं देखिन्छ। रुपमा जे जस्तो भएपनि सारमा नेपालमा अहिले रुपान्तरणकारी महिला, विद्यार्थी, मजदुुर, किसान आन्दोलन छैन भने पनि हुन्छ। कम्युनिस्ट पार्टीहरूमा महिला ,विद्यार्थी, किसान, मजदुर लगायत उत्पिडित वर्गका नाममा भातृ संगठन अहिले पनि छन्।

तर तिनको अवस्था राजा महेन्द्रको पालामा रहेका पञ्चायत व्यवस्थाका ‘वर्गिय संगठन’ जस्ता देखा पर्न थालेका छन्। माथि उल्लेख गरेझैँ नेपालको कम्युुनिस्ट आन्दोलन र विदेशी थिचोमिचो विरुद्व राष्ट्रिय स्वाधिनताको आन्दोलन लामो समयदेखि अभिभाज्य रुपमा अघि बढेको थियो। अहिले त्यो खण्डित हुन थालेको छ। सत्ता स्वार्थका लागि विदेशीहरूसँग खुसामद गर्ने प्रवृत्ति नाङ्गो रुपमा देखा परेको छ। हिजो ‘“गोर्खा भर्ति वन्द गर’, ‘विदेश सँग गरिएका सबै असमान सन्धी खारेज गर’ भन्ने कम्युनिस्टको ठुलो हिस्सा अहिले मौन जस्तै छ। सांस्कृतिक रुपान्तरणको अवस्था तिस को दशक भन्दा पनि पछि परेको छ।

एकातिर गौरवमय अतित र अर्कोतिर वर्तमानको विकृति–विसङ्गतीको थुप्रोबीच नेपाली कम्युनिस्ट आन्दोलन अहिले गम्भीर अवस्थामा छ। सच्चिएर गए अपार सम्भावना, नसच्चिएर झन–झन विग्रदै गए अपार स्खलन। अहिले जुन खालको प्रवृत्ति प्रवल छ त्यसलाई नसच्याउने हो भने कम्युनिस्ट पार्टीको नाममा ठुलो झुण्ड रहेपनि सारमा त्यसले कम्युनिस्ट आन्दोलनको मर्म र उद्देश्यको परिचालन गर्न सकिँदैन। अन्ततः भारतको पश्चिम वंगालको जस्तो दुखान्त भोग्नुपर्ने सम्भावनालाई इन्कार गर्न सक्दैनन्। 

तथापी नेपालमा शसक्त, इमान्दार कम्युनिस्ट आन्दोलनको संभावना सकिएको पनि होइन। अहिले पनि जनतामा कम्युनिस्टप्रति आशंका देखिएपनि मोहमङ्गको स्थितिमा पुगेको छैन। अहिले पनि कम्युनिस्ट आन्दोलनमा इमान्दारहरूको कमी छैन। भुइँ तहमा यस्ता इमान्दार कम्युनिस्टहरूको बाहुल्यता नै छ। उचित परिवेश नपाएर कार्यकर्ताको ठुलो पङ्क्ति अन्यौलमा पर्ने विकृतिमा फस्ने प्रवृत्ति देखिएपनि पार्टी भित्र र बाहिर उचित परिवेश पाए उ फेरि कम्युनिस्ट आन्दोलनमा निष्ठापूर्वक सामेल हुने कुरमा कुनै शङ्का छैन।

कैयाैँ कमी कमजोरी, कैयौँ प्रतिकुलताका वावजुद नेपालको कम्युनिस्ट आन्दोलनको उज्याला पक्षहरू छन्। विगत केहि दशकदेखि सत्ता राजनीतिले उत्पन्न गरेको विकृति र विसंगतिले कम्युनिस्ट आन्दोनभित्र कैयौँ अँध्यारा प्रवृत्ति देखिएपनि यदि भुइँतहमा भएका कम्युनिस्ट नेता कार्यकर्ता र शुभेच्छुकहरूले बलियो आँट लिएर कम्युनिस्ट आन्दोलनलाई नै बदनाम गर्ने प्रवृत्ति विरुद्व जुध्ने सामथ्र्य देखाउन सके भने चुनौतीहरूका वावजुद नेपालको कम्युनिस्ट आन्दोलनको अहिले पनि विशाल सम्भावना कायमै छन्।   

(लेखक गौतम रााजनीतिक विश्लेषक हुन्)

प्रकाशित मिति: : 2024-04-27 20:32:00

प्रतिकृया दिनुहोस्