यस्ता थिए प्रदीप गिरी

हिमाल खबर

हरिहर बिरही

प्रदीप गिरी मेरो गुरुतुल्य हुनुहुन्थ्यो । म भित्री ह्दयबाट उहाँलाई गुरु मान्दथे । उहाँले बनारसदेखी भिमसेनगोलासम्म सुनाएका धेरै कुरा मेरो लागि शिक्षा थियो । प्रदीप गिरीका कैयौं गुण र विशेषता अविस्मरणीय र उत्प्रेरक छन् । उहाँको विलक्षण प्रतिभा, ज्ञान र वौद्धिकताको अद्भुत भण्डार , असाधारण स्मरण शक्ति र अध्ययनशिलता, प्रभावकारी प्रस्तुति र निष्पृह जीवनशैली– कसै कसैलाई भविष्यमा किम्बदन्ती लाग्न सक्छ । आफूले प्रतिबद्धता व्यक्त गरेको मूल्य मान्यता, सिद्धान्त एवं नैतिकताप्रति अटल निष्ठाको प्रतिक हुनुहुन्थ्यो प्रदीप गिरी ।

प्रदीप गिरीको जीवनको पहिलो रोजाई राजनीति थिएन्र । उहाँ प्राध्यापक ,साहित्यकार वा दार्शनिक बन्न चाहनु हुन्थ्यो राजनीतिमा उहाँ पारिवारिक विरासतको कारणले लाग्नु भएको थियो उहाँका काका रुद्रप्रसाद गिरी नेपाली कांग्रेसको संस्थापक नेता मध्ये हुनुहुन्थ्यो भने पिता नेकाको जिल्ला सभापति सिरहाको बस्तीपुरस्थित उहाँको घर राजनीतिक गतिविधिको एउटा केन्द्र नै थियो  । 

प्रकाशित मिति: : 2023-09-07 06:11:00

प्रतिकृया दिनुहोस्