आइतबार, १७ नोभेम्बर २०२४

बालकुमारी घटनाकाे छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने

सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए। जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उनको भनाइ छ। आयोगले सोमबारदेखि नै काम गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसको निष्कर्षः आर्थिक क्षेत्र सुधार हुँदै, परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति (पूर्णपाठ)

तीन दिन बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले आर्थिक क्षेत्र विस्तारै सुधार हुँदै गएको र परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको छ। पुस १२ गतेदेखि १४ गतेसम्म चलेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

बैठकको निर्णयबारे जानकारी दिन आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धनमा यसबारे छलफल हुने बताए। उनका अनुसार सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतिको आधारमा साझा उम्मेदवार बनाउने बैठकले निर्णय गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटना: पक्राउ परेका ७३ जना रिहा, चलाइएन मुद्दा

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारीमा घटनामा ज्यान गुमाएकाकाे परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा मन्त्रिपरिषद्काे आकस्मिक बैठक जारी

कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले बुधबार बालकुमारीमा गरेकाे प्रदर्शनका क्रममा प्रदर्शनमा भएकाे झडपका क्रममा अछामका २२ वर्षीय वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावतले ज्यान गुमाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इपिएस शाखा प्रमुख सुवेदीकाे जिम्मेवारी खोसियो

‘अहिलेका लागि उहाँलाई त्यो जिम्मेवारीबाट हटाइएको हो। अब कसलाई पठाउने र अदालतको आदेशलाई कसरी कार्यान्वयनमा लैजाने भन्नेबारेमा छलफल भइरहेको छ’, उनले भने, ‘नहुने घटना भएको छ। त्यसप्रति हामी दु:खी छौँ। अब जेजस्तो आदेश भएको छ, त्यसैलाई कार्यान्वनमा लैजाने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोली चलाउन आदेश दिने प्रहरीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सुरक्षा अधिकारीहरुको बैठकले घटनामा खटिएका डिएसपी उमेश जोशी र मन्त्री ज्वालाका पिएसओ सई बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटना: मृतकका परिवारलाई सरकारले १०/१० लाख दिने

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेकाे सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सुरक्षा अधिकारीहरुको बैठकले घटनामा खटिएका डिएसपी उमेश जोशी र मन्त्री ज्वालाका पिएसओ सई बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सङ्घीय ऐनलाई टुङ्गोमा पुर्‍याउँछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अधिकार माग्दै फेरि मुख्यमन्त्रीहरु  बालुवाटारमा 

अधिकार माग्दै सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले ध्यानाकर्षण पत्र बझाएका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश छोड्न ज्यान फालिरहेको ‘देश’

वीरेन्द्र अनि सुजनहरू देश छोड्न देशकै व्यवस्था र प्रणालीसँग जुध्दाजुध्दै सडकमै ढले। विदेशमा पसिना बगाउन जाने हजारौँको भीडमा हरेक दिन केही बाकसहरूमा त्यस्तै युवाको लाश विमानस्थलमा चिसिइरहेका हुन्छन्। यी उनै ज्यानहरू हुन् जसको रगत र पसिनाले देशको कूल ग्राहस्थ उत्पादनमा एक तिहाइ हिस्सा ओगटिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एउटा ‘इनिङ’मा निभेका सन्दीप्त सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कुनै समय ‘सन्दीप लामिछाने’ नाम सबैभन्दा गर्विलो थियो। यही नामले मात्र पनि नेपाली क्रिकेट जगतलाई संसारले चिन्थ्यो। तर, आज यही नाम बदनाम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालकुमारी घटना: गृहले बनायाे छानबिन गर्न तीन सदस्यीय समिति

ललितपुरकाे बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएकाे घटनाकाे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अदालतले भन्याे- ‘सीप बिल्डिङ’मा फेल भएका सबैलाई परीक्षामा समावेश गराउनू

गणेश राईलगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले ‘सीप बिल्डिङ’ परीक्षामा फेल भएका सबैलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा समावेश गराउन आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटना: घाइते थप एक प्रदर्शनकारीकाे मृत्यु

ललितपुरको बालकुमारीमा भएकाे आन्दोलनकाे घटनमा थप एक जनाकाे मृत्यु भएकाे छ। रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै शुक्रबार युवाले गरेकाे प्रदर्शनमा वीरेन्द्र शाहको मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं