सोमबार, १८ नोभेम्बर २०२४

कर्मचारीलाई गृहमन्त्रीकाे निर्देशन- राजनीतिक नेतृत्वको दबाब र प्रभावमा नपर्नुस्

‘राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सिर्जनशिल प्रशासक बन्नुस्। नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरुलाई गर्नुस्’, उनले भने ‘औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाम–२ काे उपनिर्वाचनका लागसि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङको नाम सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

माेरङमा श्रीमतीकाे हत्यापछि श्रीमानले आफ्नाे पनि घाँटी रेटे

६० वर्षीय बमबहादुर लिम्बुले बुधबार राति साढे १ बजेकाे समयमा आफ्नी श्रीमती ४५ वर्षीया गीता लिम्बुकाे धारिलाे हतियार दाउ प्रयाेग गरेर हत्या गरेकाे र श्रीमतीकाे हत्यापछि उक्त दाउले आफ्नाे घाँटी रेटेकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

रवि लामिछानेको अग्नीपरीक्षा: कालो विगत दबाउने कि सुशासन दिने ?

अमेरिकी नागरिक भएकै बेला रविले पुरानो नेपाली नागरिकता प्रयोग गरेर जे जस्ता गैरकानूनी काम गरेका छन्, ती सबै रविको गर्दनमाथि झुन्डिएका तरबार हुन् । कुनै न कुनै दिन ती तरबार एक–एक गरेर गर्दनमाथि खस्नेछन् र रविको जीवन पुनः मुसिक भवःको अवस्था दुखान्त हुनेछ । अहिले रविको स्थिति भनेको निभ्न लागेको बत्ती चम्केजस्तै मात्र हो । यो

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

आफूअनुकुल सचिवको खोजीमा मन्त्रीहरू, कुन मन्त्रीले काे सिचव चाहिरहेका छन्? 

सत्ता समिकरण फेरबदल भएसँगै नवनियुक्त मन्त्रीहरू आफूअनुकुलका सचिवहरूको खोजीमा छन्। विशेषगरी पार्टीको ट्याग लागेका सचिवहरूको सरुवा गर्ने र आफूअनुकुलका सचिव ल्याउने तयारीमा मन्त्रीहरू छन्। राजनीतिक व्यक्तिले प्रशासनलाई आफूअनुकुल बनाउने याे रोग पुरानै हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सत्ता गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो। जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेकाे चुनाैती-  कांग्रेसले दुधले नुहाएको पार्टी हाेइन, चारैवर्ष संसद् अवरुद्ध गरोस् 

अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने भन्दै उनले भने, ‘देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर: रवि लामिछानेलाई ‘क्लिन चिट’ (पूर्णपाठ)

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, सरकारी जग्गा हिनामिनालगायत जुनसुकै विषय वा क्षेत्रका आपराधिक क्रियाकलापको निष्पक्ष र तथ्यपरक अनुसन्धान तथा छानविन गरी यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरमा ल्याउन सरकार दृढ रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्न कांग्रेसकाे माग

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ आएसँगै कांग्रेसले प्रमाण प्रशस्तै रहेको दाबी गर्दै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोषी देखिए रवि लामिछानेलाई कारबाही गर्न कसैले रोक्न सक्दैन: प्रधानमन्त्री

प्रतिनिधिसभा सांसदहरुले उठाएका प्रश्नको मंगलबारकाे बैठकमा जवाफ दिँदै उनले सहकारी ठगी प्रकरणमा हालसम्म गृहमन्त्री लामिछानेको भूमिका नदेखिएको बताए। यद्यपि, पछि कैफियत देखिएमा उनलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशासन कायम गर्न कुनै पनि सम्झौता गर्दिनँ: प्रधानमन्त्री प्रचण्ड

प्रतिनिधिसभा सांसदहरुले उठाएका प्रश्नहरूको मंगलबारकाे बैठकमा जवाफ दिँदै उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन्। विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया अघि बढिरहेको अवगत गराउँदै उनले दोषी नछुटुन् र निर्दाेष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानको विषयमा राजीनामाबाहेक अर्को विकल्प छैनः काँग्रेस

‘सहकारीको रकम हिनामिना प्रकरणमा उहाँ (रवि)को नाम जोडिएको छ। उहाँको राजीनामाबाहेक अर्को विल्कप छैन,’ गिरीले भने। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको राजीनामा माग गर्दै काँग्रेसले संसद बैठक अवरुद्ध गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर (लाइभ)

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपाध्यक्ष महरा पक्राउबारे माओवादीले भन्याे- निलम्बन गर्ने/नगर्नेबारे छिट्टै निष्कर्षमा पुग्छाैँ

‘छलफल जारी छ। विभिन्न कोणबाट हामी छलफल गरिरहेका छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ’, प्रवक्ता सापकोटाले भने। पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने उनको भनाइ छ। उनले नियमित बैठक बसेर एउटा धारणा सार्वजनिक गरिने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार र आन्दोलनरत सहकारी पीडितबीच वार्ता हुँदै

वार्ताको लागि सोमबार सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी पदाधिकारी बैठक जारी, सुन काण्डमा पक्राउ परेका महराबारे छलफल

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि छलफल गर्नका लागि बाेलाइएकाे साे बैठक बिहान साढे ८ बजेदेखि सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक: आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

संसद सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कृष्णबहादुर महरा पक्राउपछि माओवादी पदाधिकारी बैठक बस्दै

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि छलफल गर्न पदाधिकारी बैठक बाेलाइएकाे हाे। बैठक बिहान ८ बजेदेखि सुरू हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निसीखोला बस दुर्घटना: मृत्यु हुनेकाे संख्या ९ पुग्याे, २८ घाइते

पूर्वी(रुकुम)बाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बस मंगलबार बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ